पोखरा, वैशाख २ गते ।गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बरालजीवनले कृषिर पर्यटनबाटै कास्कीको मादी गाउँपालिकाको जिवन स्तर उकास्न सकिने बताउनु भएको छ ।कास्कीको मादी गाउँपालिका वडा नम्बर ११ स्थित खिमाजेमा नव बर्षको अवसरमा आयोजित रमाइलो मेलाको विहिबार उद्घाटन गर्दै उक्त कुरा बताउनु भएको हो ।

प्रतिभा माछापुच्छ«े युवा क्लवको २२ औं बार्षिकोत्सवको अवसरमा आयोजित उक्त मेलाको उद्घाटन समारोहमा वोल्दै मन्त्री बरालले मादी गाउँपालिका कृषि र पर्यटनमा धेरै सम्भावना भएकोले गर्दा स्थानियको जीवन स्तर उकास्न विकासको पहिलो आधारमा कृषि र पर्यटन हुने दाबी गर्नु भएको हो । गण्डकी प्रदेशको राजधानि पोखरा मादी गाउँपालिका नजिक भएकोले मादीमा उत्पादीत बस्तु र पोखरा आएका पर्यटकहरुलाई मादीसम्म लैजाने आवश्यकपूर्वाधार निर्माणमा प्रदेश सरकारले पहलगर्ने उहाँको भनाई थियो ।
माओबादी केन्न्द्रका नेता समेत रहनु भएका मन्त्री बरालले माओबादीको नितीमा देश चले पनि त्यसको कार्यान्वयनको लागि नेतृत्व गर्न आवश्यक भएको बताउनु भयो । मध्यपहाडी लोकमार्गले गर्दा पनि मादीको विकासमा थप सहजभएको बताउदै मन्त्री बरालले मादीको बस्तीहरुसम्म सडक संजाल पुराउन सके गाउँको बस्तीलाई समेत रोक्न सकिने बताउनु भयो ।