पोखरा, बैशाख ४ गते । नेपाल मगर संघ चाउथे कदम मार्ग ईकाई समितिको नवौं साधारण सभाले सुनमाया आले मगरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसहमत रुपमा चयन भएको छ ।
जसको उपाध्यक्षमा यामसरी थापामगर, सचिवमा मुना आलेमगर, सह–सचिवमा तारा बहादुर राना मगर, कोषाध्यक्षमा बुद्धी बहादुर थापा मगर, चयन हुनुभएको छ । सदस्यहरुमा खिम वहादुर रानामगर, लोकीमाया थापा मगर, गोविन्द थापामगर, सानु रानामगर रहनुभएको छ । त्यसगरी दाम बहादुर थापामगर, धन बहादुर थापा मगर, चिन बहादुर रानामगर र सिरमाया आले मगर रहनुभएको छ भने, वाँकी सदस्य पछि वैठकमा चयन गरिने छ । उक्त अवसरमा समितिको भवनको पनि उद्घटन गरिएको छ । भवनको उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेश सभा सदस्य सावित्रा रानामगरले राज्यको हरेक निकायमा छोराछोरीहरुलाई पठाउँन सके, संस्कार संस्कृती मात्र नभइ सिंगो सामुदायको उठ्ठान हुने विश्वास व्यक्त गर्नुभयो । साथै आर्थिक समृद्धिका लागि विभिन्न व्यवसायीमा समेत लाग्न सके, समाज टोल र राष्ट्रको विकास हुने बताउनुभयो ।
नेपाल मगरसंघ कास्की शाखाका सचिवालय सदस्य तथा नेपाल मगरसंघ चाउथे नमुना ईकाई समितिका सचिव शीव थापामगले भाषालाई प्रथामिकता दिनुपर्नेमा जोड दिनुभयो । साथै भेषभुषा, संस्कार संस्कृति, रितीरिवाज र परम्पराको संरक्षणमा लाग्न सकेमात्र टोल समाज र सिंगो मुलुकको समृद्धि हुन सक्ने विश्वास व्यक्त गर्नुभयो । राजनीती चेतनाको अतिआवश्यक भएको बताउनुहुँदै थापाले समाज भित्र राजनीति गर्न नहुने जानकारी दिनुभयो । यसै वीच थापामगरले मुलुकको नयाँ संविधानसँगै लखन थापालाई सरकारले प्रथम शहिदको नामाकरण गरिएकोमा हाल सम्म पनि प्रथम शहिद मान्दै आउदा समेत, देशको पूर्व प्रधान मन्त्रीको अभिव्यक्तिले गर्दा शहित तथा मगर सामुदाय प्रति अपमान भएको महशुस व्यक्त गर्नुभयो ।
जसको बारे छलफल गरी प्रथम शहिदको टुंगो लगाउनुपर्नेमा उहाँले जोड दिनुभयो । भवन समयमै सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुहुँदै पोखरा १४ का वडा अध्यक्ष प्रेम कार्कीले वडा वासी कसैलाई पक्षपात नभएको दावी गर्नुभयो । कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय सदस्य हर्क आले मगर, नेपाल मगरसंघ कास्कीका सह–सचिव लाल बहादुर थापा मगर, नेपाल मगरसंघ छिनेडाँडा इकाइसमितिका अध्यक्ष दल बहादुर थापामगर लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको अवसरमा प्लस टु पास गरेका छात्रछात्रा, टेनिस खेलाडी, र आर्थिक सहयोग तथा विभिन्न रुपमा योगदान पु¥याउनुभएको सहयोग दाताहरुलाई सम्मान गरिएको थियो । ४ आना मा निमार्ण भएको भवन जग्गा सहित ७९ लाखको लागतमा निमार्ण गरिएको अध्यक्ष सुनमाया आले मगरले जानकारी दिनुभयो । अध्यक्ष आलेको अध्यक्षतामा भएको कार्यक्रम निवर्तमान सचिव यामसरी थापा मगरले सञ्चालन गर्नुभएको थियो भने, कार्यक्रमको अवसरमा मगर कलाकारहरुको कौरा नृत्य प्रस्तुती रहेको थियो ।
सम्बन्धित खवर
टिप्पणिहरु