युनाईटेडको रक्तदानमा ५४ युनिट रगत संकलन

पोखरा,बैशाख ६ गते ।युनाईटेड क्लवले आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन भएको छ । क्लवले आफ्नो १२ औ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको सताब्यापी कार्यक्रम अन्तर्गत आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका हुन ।

नेपाल रेडक्रस सोसाईटी वडा नम्बर १० का सभापति सम्मर बहादुर श्रेष्ठले पहिलो रक्तदाता गणेश पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरि सुरु भएको कार्यक्रममा ५४ जना युवा युवतीहरुले रक्तदान गरेका हुन । सो अवसरमा वोल्दै नेपाल रेडक्रस सोसाईटी वडा नम्बर १० का सभापति सम्मर बहादुर श्रेष्ठले युनाईटेड क्लवले सामाजिक काम मार्फत आफुलाई अब्बल दर्जामा चिनाउन सफल भएको वताए । क्लवले प्रत्येक वर्ष जस्तै १२ औ वार्षिकोत्सवको अवसर पारी सामाजिक सेवा दिने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरी रगतको अभावमा परेका विरामीहरुलाई सेवा प्रदान गरेकोमा धन्यवाद समेत ब्यक्त गरे ।

 

सो अवसरमा वोल्दै रक्तसञ्चार केन्द्रका प्राविधीक महेन्द्र केसीले खेर जाने रगतलाई हरेक ३ महिनामा रक्तदानमा सहभागी भएर आफ्नो स्वास्थ्य संगै रगतको आवश्यक परेका विरामीलाई निशुल्क रगत प्रदान हुने भएकाले रक्तदानलाई जीवनदानको रुपमा समेत लिने गरेको वताए । युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका सचिव दिनेश सुनारले स्वागत मन्तब्य राखेका थिएभने क्लवका सदस्य तथा रक्तदान कार्यक्रमका संयोजक जयराम आचार्यले धन्यवाद मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन क्लवका महासचिव शान्ता बहादुर थापाले गरेका थिए ।

 

क्लवले १२ औ वार्षिकोत्सवको अवसर पारी साताब्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन वैशाख १ गते पोखरा १८ मा रहेको बाल सुधार गृहमा खाद्यान्न वितरण, दोश्रो दिन वैशाख २ गते रामेश्वरी माविमा अध्ययनरत छात्राहरुलाई सेनेटरी प्याड वितरण , वैशाख ३ गते तेश्रो दिन सेती खोंच एक पर्यटकीय गन्तब्य विषयक वृहत अन्तरक्रिया, चौथो दिन सिद्ध माविमा अध्ययनरत विद्यार्थीहरुलाई साइबर क्राइम सम्बन्धी सचेतना र पांचौ दिन मौला ईस्लामिक मद्रसा आधारभुत विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको थियो । क्लवले वैशाख ७ गते १२ औ वार्षिकोत्सव भब्यताका साथ मनाउदै छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...