पोखरा, बैशाख ७ गते । नेकपा एकिकृत समाजवादी कास्की जिल्ला कमिटीका सदस्य क्षेत्रबहादुर गुरुङ नेकपा एमाले प्रवेश गर्नुभ्एको छ । एमाले गण्डकी प्रदेश प्रचार विभागले आयोजना गरेको कार्यक्रममा घान्द्रुकका पुराना कम्युनिष्ट नेता क्षेत्र बहादुर गुरुङ नेकपा एस परित्याग गरि पुरानै नेकपा एमाले मा फर्कनु भएको हो ।
नेकपा एमालेका उपमहासचिब , गण्डकी प्रदेशका सस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ , केन्द्रीय सचिब गण्डकी प्रदेश इन्चार्ज पुर्बमन्त्री पद्मा अर्याल , नेकपा एमाले गण्डकी प्रदेशका अध्यक्ष कमरेड नबराज शर्माले खादा माला लगाएर पार्टीमा स्वागत गर्नुभयो । उहाँको एमाले प्रवेशले अन्नपुर्ण गाँउपालिकाको निर्वाचन नेकपा एमालेको पक्षमा भारी मतका साथ बिजय नजिक रहेको एमाले क्षेत्र नम्वर ३ का कार्यकताले अनुमान गरेका छन् । बेलैमा एतिहासिक निर्णय गरेको भन्दै उहाँलाई एमाले कार्यकताले बधाई ज्ञापन गरेका छन् । एमाले प्रवेश गरेको क्षेत्रबहादुरको घान्द्रुकमा राम्रै प्रभाव रहेको बताइएको छ ।