शिक्षक पौडेलको विदाई

पोखरा । पोखरा महानगरपालिका वडा नंं २१ फुर्सेखोला स्थित युवावर्ष आधारभुत विद्यालयका शिक्षक प्रेमराज पौडेललाई एक कार्यक्रम गरी विदाई गरिएको छ ।

सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक प्रसाद सुवेदी, प्रधानाध्यापक विष्णु प्रसाद पहारी, शिक्षकहरु गोमा धिताल सुवेदी, बालकुमारी रानाभाट, देवका सुवेदी, यम कुमारी खवासले शुभकामना मन्तव्य दिएका थिए ।

 

पोखरा २२ खाल्से स्थायी घर भएका उनले ३० वर्ष भन्दा वढि समय शिक्षण पेशामा आवद्ध भएका थिए । सो अवसरमा शिक्षक पौडेलले पेशामा रहन्जेल साथ र सहयोग गर्ने सम्पुर्णप्रति आभार व्यक्त गरेका थिए ।विव्यस, प्रअ, शिक्षक तथा विद्यार्थीहरुले शिक्षक पौडेललाई फुलमाला लगाएर विदाई गरेका थिए भने कार्यक्रमको संचालन शिक्षक रुपा गुरुङले गरेकी थिईन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...