पोखरा, बैशाख ७ गते ।नेकपा(एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले गठबन्धलाई एमाले एक्लै हराउने दावी गर्नुभएको छ । नेकपा एमाले गण्डकी प्रदेश प्रचार विभागले बुधबार पोखरामा आयोजना गरेको स्थानीय निर्वाचन केन्द्रीत प्रचार भेलामा बोल्दै उहाँले भन्नुभयो,‘स्थानीय निर्वाचनमा एमालेले जित्छ । एमाले हार्न जानेको छैन् । गठबन्धनलाई हराउँछौँ ।’

उहाँले एमालेले राजनीतिक स्थायित्व, राष्ट्रियता, विकास र समृद्धिको नेतृत्व गरिरहेको बताउदै काँग्रेस सहितको गठबन्धनले त्यसको विपरित राष्ट्रिय स्वाधिनता विपरित विदेशीलाई खुशी बनाउने र जनताको चाहना विपरित लागेको आरोप लगाउनुभयो । उहाँले अहिले गठबन्धनको सरकार अनुशासनहिन र अराजकशैलीमा चलेका कारण अर्थतन्त्र सकटमा परेको दावी गर्नुभयो । ‘राज्य अनुशासनमा छैन, अराजकतामा चलेको छ । त्यसैले यही अवस्थामा गए देश श्रीलङकाको जस्तै आर्थिक संकटमा पर्ने छ ।’
उहाँले अहिले एमालेलाई घेराबन्दीमा पार्ने काम भैरहेको बताउदै एमालेले गरेका राम्रा काम जनताको वीचमा पु¥याउदै निर्वाचनमा जित्नुपर्ने चुनौती रहेको बताउनुभयो । उहाँले वर्तमान सरकारले राज्यका प्रमुख अंगमाथि हमला गरेर परिवार र गुटको स्वार्थमा लागेको आरोप समेत लगाउनुभयो ।उहाँले काँग्रेसका कारण पाएको प्रजातन्त्र पटक पटक गुमेको र माओबादी अध्यक्ष प्रचण्ड अस्थिर र रंग बदल्ने भएकाले नेतृत्व गर्न नसक्ने बताउदै भन्नुभयो, ‘माधव नेपाल झुसो बारुलो हो । त्यसैले निर्वाचन एमालेले जित्छ ।’
उहाँले एमाले २०७४ सालको भन्दा बलियो पार्टी भएकाले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा एमाले एक्लैले जित्ने दावी गर्नुभयो । कार्यक्रममा प्रेस चौतारी नेपाका अध्यक्ष गणेश बस्नेत, एमाले प्रदेश कमिटि अध्यक्ष नवराज शर्मा, एमाले प्रदेश कमिटि उपसचिव रश्मी आचार्य, अग्रज पत्रकार निर्मला शर्मा, प्रेस चौतारी उपाध्यक्ष गणेश पाण्डे, प्रदेश प्रचार विभाग उपप्रमुख पुण्य पौडेल, प्रेस चौतारी गण्डकी प्रदेश अध्यक्ष इन्द्रप्रसाद प्रौडेल लगायतले निर्वाचनमा प्रचारको कामलाई प्रभावकारी बनाउदै एमालेलाई जिताउने गरी लाग्न आग्रह गर्नुभयो ।