पोखरा, बैशाख ७ गते । पोखरा २८ मा नेकपा एमालेले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । अध्यक्षमा बैन बहादुर गुरुङ, खुला महिला सदस्यमा राधिका पौडेल सानी, दलित महिला सदस्यमा सरु विश्वकर्मा, खुला सदस्यमा विरेन्द्र भण्डारी र प्रकाश दवाडीलाई उम्मेदवार बनाउने टुंगो लागेको नेकपा एमाले वडा कमिटी २८ का अध्यक्ष रामकृष्ण तिवारीले जानकारी दिए ।
यसअघि २०७४ को निर्वाचनमा पोखरा २८ मा वडाध्यक्षसहित सबै सदस्यमा एमालेले जितेको थियो । यसैगरी पोखरा २२ मा पनि नेकपा एमालेले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । अध्यक्षमा प्रकाशचन्द्र गुरुङ, खुला महिला सदस्यमा कृष्णकुमारी पौडेल देवकोटा, दलित महिला सदस्यमा सिता विश्वकर्मा, खुला सदस्यमा लिलाधर पौडेल र सञ्जिव गुरुङलाई उम्मेदवार बनाउने टुंगो भएको नेकपा एमाले वडा कमिटी २२ का अध्यक्ष राजेन्द्र बरालले जानकारी दिए ।