पोखरामा मुख्यनिर्वाचन अधिकृतको कार्यालय स्थापना

पोखरा, बैशाख ८ गते ।पोखरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । पोखरा महानगरपालिकामा रहेको पोखरा उपत्यका नगर विकास समितिको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

जिल्ला अदालत कास्कीका न्यायाधीश एवं मुख्यनिर्वाचन अधिकृत श्रीकृष्ण भटराईले निर्वाचन कार्यालयको उद्घाटन गर्नुभयो । यता कास्कीका चार वटै गाँउपालिकामा समेत आजै निर्वाचन कार्यालयहरु स्थापना गरिदै छ । बैशाख ३० गते हुने निर्वाचनको तयारी अन्र्तगत निर्वाचन कार्यालयहरु स्थापना गरी कामहरुलाई व्यवस्थित रुपमा अगाडी बढाइएको छ । निर्वाचन अन्र्तगत बैशाख ११ र १२ गते मनोनयन दर्ताको कार्यतालिका रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...