पोखरा महानगरका ५९ जनप्रतिनिधिले दिए राजीनामा

पोखरा, बैशाख ११ गते ।पोखरा महानगरपालिकाका ५९ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्नेभएपछि उनीहरुले राजीनामा दिएका हुन् । ६ जना वडा अध्यक्ष सहित ५९ जनाले राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा एमाले र काँग्रेसबाट निवाचित वडा अध्यक्ष, कार्यपालिका र वडा सदस्यहरुले राजीनामा बुझएका छन् । राजीनामा दिएका सबैको राजीनामा स्वीकृत भएको छ । महानगरपालिका प्रमुख मानबहादुर जिसी समक्ष उनीहरुले राजीनामा पेश गरेका थिए । उनीहरुको राजनीनामा पेश भएको जानकारी महानगरले दिएको छ ।

 

कास्कीका प्रमुख दलहरु एमाले, काँग्रेस, माओबादी केन्द्रले सोमबार उम्मेदवारी दर्ता गर्ने भएका छन् । पार्टीहरुले आज आन्तरीक तयारी गरेर भोलि उम्मेदवारी दर्ता गर्ने भएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...