पोखरा महानगरपलिका ३१ मा एमालेको घरदैलो सुरु

कृष्ण आचार्य, पोखरा, बैशाख १५ गते । नेकपा एमाले पोखरा महानगरपलिका वडा नम्बर ३१ बेगनास कमिटीले स्थानीय तहको चुनाब केन्द्रित घरदैलो कार्यक्रम सुरु गरेको छ । बैशाख ३० गते सम्पन्न हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर नेकपा एमाले पोखरा ३१ कमिटीले घरदैलो कार्यक्रम सुरु गरेको प्रचार–प्रसार समितिका संयोजक एवं वडा कमिटीका सचीव पुरुषोतम अधिकारीले जानकारी दिए ।

संयोजक अधिकारीका अनुसार बुधबार नहरचोक, मोहोरिया, सुकेडाँडा, बगेरपाखा , तिर्काङ्ग (गोरखमार्ग) टोलहरुमा घरदैलो तथा कार्यकर्ता एवं शुभेच्छुक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले कास्की जिल्ला कमिटीका सदस्य एवं ३१ नम्बर वडा कमिटीका इन्चार्ज कमल बहादुर थापाको नेतृत्वमा बुधबारदेखि घरदैलो कार्यक्रम सुरु गरिएको हो ।

 

घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै इन्चार्ज थापाले वडा नम्बर ३१ एमालेको उर्भर भुमी भएकोले स्थानीय तहको निर्वाचनमा एमाले निर्वाचित हुने दाबी गरे । गत निर्वाचनमा पनि आफुहरुले सानदार जित हासिल गरेको भन्दै थापाले अबको निर्वाचनमा त कामको मूल्याकंन गरेर पनि जनताले एमाले नै रोज्ने जिकिर समेत गरे । वडामा एमाले नेतृत्वको निर्वाचित कमिटीले धेरै काम सुरु गरेकोले अब त्यि काम सम्पन्न गर्न वडाको नेतृत्व फेरि पनि एमालेले नै गर्नुपर्नेमा उनको जोड थियो ।

 

घरदैलो कार्यक्रम अन्तरगत बिहीवार चौर, तालबेसी, खोलाबेसी, लप्सीडाँडा, अर्चलथर लगायतका टोलमा घरदैलो कार्यक्रम गरिने प्रचार प्रसार समितिका संयोजक अधिकारीले जानकारी दिए ।स्थानिय तहको निर्वाचनका लागि पोखरा महानगरपालिका वडा नम्बर ३१ बाट नेकपा एमालेले अध्यक्षमा चिरञ्जीवी बन्जरा, खुल्ला सदस्यहरूमा देबेन्द्र अधिकारी र बिनोदमणी लामिछाने , महिला सदस्यमा धनदेबी तिवारी र दलित महिला सदस्यमा तारा नेपालीलाई चुनावी मैदानमा उतारेको छ ।

 

नेकपा एमालेको राम्रो प्रभाव क्षेत्र मानिएको पोखरा महानगरपालिका ३१ नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं संगठन बिभाग प्रमुख खगराज अधिकारीको गृह वडा हो । गत २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उक्त वडाका सबै पदमा नेकपा एमाले फराकिलो मतान्तरले बिजयी भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...