एशियन गेमका लागि ब्याडमिन्टनको छनौट सुरु

काठमाडौ, बैशाख १५ गते ।नेपाल ब्याडमिन्टन संघले १९ औं एशियन गेमका लागि बिहिबारबाट खेलाडी छनौट सुरु गरेकोछ ।

ललितपुरको रिभाईभ लिजर पार्कस्थित ब्याडमिन्टन कोर्टमा सुरु गरिएको छनौट खेलमा उच्च १० बरियतामा रहेका पुरुष तथा महिला खेलाडीहरुका विच प्रतिस्पर्धा हुने संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए । तीन दिन सम्म संचालन हुने प्रतिस्पर्धा लिगका आधारमा खेलाईने समेत अध्यक्ष श्रेष्ठले जनाए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...