पोखरा, बैशाख १५ गते ।स्थानीय तह निर्वाचन बैशाख ३० गते हुदैछ । निर्वाचनको मिति नजिकिएसंगै चुनावी सरगर्मीले सहरदेखि गाँउघरमा चहपहल ह्वात्तै बढेको छ ।राजनीतिक दल र तीनका उम्मेदवार आफना उम्मेदवार जिताउन जनताको घरदैलोमा पुगेका छन् ।आफना घोषणापत्र हातमा बोकेर मतदाता रिजाउन दलका उम्मेदवारहरु जनतासंग मत माग्न ब्यस्त बनेका छन् ।
यतिबेला देशको राजनीति दुई ध्रुबमा विभाजित छ । नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, एकिकृत समाजबादी, जसपा, जनमोर्चा लगाएका दलहरु गठबन्धन बनाएर चुनावी मैदानमा होमिएका छन् भने नेकपा एमाले कतै साना दलसंग र कतै एक्लै निर्वाचनमा होमिएका छ । नेपाली काँग्रेस कास्कीले पनि केन्द्रीय निर्णयलाई आत्मसाथ गदै कास्कीकामा बठबन्धन बनाएर चुनावीमा होमिएको छ । गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएसंगै काँग्रेसमा व्यापक असन्तुष्टि देखिएको छ । भने अर्को दल नेकपा एमालेमा पनि असन्तुष्टिका स्वर देखिएका छन् । पोखरा महानगरको प्रमुखमा उम्मेदवार बनाएका ब्यक्ति विवादमा आएपछि एमालेले अर्को उम्मेदवार छनोट गरेपछि एमालेमा समेत असन्तुष्टि देखिएको छ । पाँच दलीय गठबन्धनबाट पोखरा महानगरको प्रमुखमा एकिकृत समाजबादी पार्टीका धनराज आचार्य र उपप्रमुखमा नेपाली काँग्रेसकी कोपिला रानाभाट चुनावमा होमिएका छन् ।
यता एमालेबाट प्रमुखमा कृष्ण थापा र उपप्रमुखमा मञ्जुदेवी गुरुङ उम्मेदवार छन् । पोखरा महानगरमा काँग्रेस र एमालेवीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि एमाले र काँग्रेसवीच प्रतिस्पर्धा भएको थियो ।एमालेका उम्मेदवारहरु मानबहादुर जिसी र मञ्जु गुरुङ सहित २२ वटा वडामा विजय प्राप्त गरेको थियो भने काँग्रेसले ११ वटा वडामा जितेका थियो । मनोनयद दर्ता गरेसंगै एमाले र काँग्रेसका उमेदवार मत माग्दै जनताको घरदैलोमा पुगेका छन् ।
उनीहरुले यति बेला आन्तरीक भेटघाटलाई तिव्रता दिएका छन । एमालेले भोलिदेखि मेयर र उपमेयका उम्मेदवार सहित वडामा घरदैलो कार्यक्रम सुरु गर्ने भएको छ । प्रमुखमा उम्मेदवार बनेका कृष्ण थापाको जन्मथलो पोखरा १६ बाट औपचारीक रुपमा घरदैलो कार्यक्रम सुरु गर्ने भएका हो । भोलि विहान ८ बजेबाट घरदैलो सुरु गर्ने एमाले पोखरा महानगर कमिटिले जनाएको छ ।