पोखरा ३१ मा एमालेको चुनाबी अभियान

कृष्ण आचार्य÷पोखरा, बैशाख १५ गते । स्थानियतहको निर्वाचनलाई मध्यनजर गरेर नेकपाएमाले पोखरा महानगरपलिका वडा नम्बर ३१ कमिटीले मतदाता भेटघाट एवं घरदैलो कार्यक्रमलाई निरन्तरतादिएको छ ।कमिटीले बिहीवार महानगरको सुदुरपुर्वी भागखोलाबेसी, तालबेसी, चौर, लप्सीडाँडा, अर्चलथर लगायतको टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेको हो ।

पार्टीका प्रदेश कमिटीका सदस्यहरू चतुरे बि.क. र शंकरनाथपौडेल लगायतका नेताहरूको नेतृत्वमाएमाले पोखरा ३१ ले बिहीवारको घरदैलो कार्यक्रम सम्पन्न गरेको प्रचार–प्रसार समितिका संयोजकएवं वडा कमिटीका सचीव पुरुषोतम अधिकारीले जानकारी दिए ।

 

घरदैलो पछि खोलाबेसीमाआयोजित कोणसभालाई सम्बोधनगर्दै नेकपाएमाले गण्डकी प्रदेश कमिटी सदस्यचतुरे बि.क.ले एमालेको आधारभुमी रहेको खोलाबेसी जस्ता टोल अझै बिकासमा पछाडि परेको भन्दै यस्ता टोलहरुको बिकासकालागिपनिएमालेले जित्नै पर्ने जिकिर गरे । प्रदेश कमिटीका अर्का सदस्यशंकरनाथपौडेलले स्थानीयतहमाएमालेले जिते मात्रै बिकास र समृद्धिको यात्रा अगाडी बढाउन सकिने भन्दै सुर्य चिन्हमामतदान गरेर एमालेलाई अत्याधिकमतले बिजयी गराईदिन टोलबासीलाई आग्रह गरे ।

 

पोखरा ३१ का लागिएमालेबाटअध्यक्षपदकाउम्मेदवार चिरञ्जीवीबन्जराले अब बिकास बजारका टोलहरु बाटमात्रनभई ग्रामीण टोलहरुबाट सुरु गर्नु पर्नेमाजोड दिदै आफू त्यहीँएजेन्डा बोकेर निर्वाचनमाहोमिएको बताए । अब शिक्षा, स्वास्थ्य, संचार र यातायात जस्ता बिकासकापुर्वधार ग्रामीण टोलहरुमा केन्द्रितगर्न जरुरी रहेको उनको भनाई थियो ।

 

प्रचारप्रसार कमिटी संयोजकअधिकारीकाअनुसार शुक्रबार पौरखे, माझथर, डाँडाथर, पौवा (आनन्द ज्योति), कोटबारी, मैदानलगायतका टोलहरुमा घरदैलो कार्यक्रमगरिने छ ।

स्थानियतहको निर्वाचनकालागिपोखरा महानगरपालिका वडा नम्बर ३१ बाट नेकपाएमालेले अध्यक्षमाचिरञ्जीवीबन्जरा, खुल्ला सदस्यहरूमा देबेन्द्र अधिकारी र बिनोदमणी लामिछाने , महिला सदस्यमाधनदेबीतिवारी र दलितमहिला सदस्यमातारा नेपालीलाई चुनावी मैदानमाउतारेको छ ।

नेकपाएमालेको राम्रो जनाधार भएको क्षेत्र मानिएको पोखरा महानगरपालिका ३१ नेकपाएमालेका स्थायी कमिटी सदस्यएवं संगठन बिभागप्रमुख खगराजअधिकारीको गृह वडा हो । गत २०७४ सालमा सम्पन्न स्थानीयतहको निर्वाचनमाउक्त वडाका सबै पदमा नेकपाएमाले फराकिलो मतान्तरले बिजयीभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...