पोखरा, बैशाख १६ गते । स्थानीत तह निर्र्वाचन अन्र्तगत आदेखि उम्मेदवारहरु घरदैलोमा जादैछन् । पोखरा महानगरकपालिकामा प्रमुख र उपप्रमुख सहितको वडामा मत माग्दै उम्मेदवार घरदैलोमा जादैछन् । नेकपा एमाले, नेपाली काँग्रेस लगायत दलका उम्मेवादरहरु आआफना एजेण्डा लिएर घरदैलामा पुगेका छ्न् । यसैवीच नेकपा एमालेले पोखरा महानगरमा आजदेखि प्रमुख र उपप्रमुख सहित घरदैलोमा पुगेको छ ।
एमालेबाट प्रमुखमा कृष्ण थापा र उपप्रमुखमा मञ्जुदेवी गुरुङ उम्मेदवार छन् । पोखरा महानगरमा काँग्रेस र एमालेवीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि एमाले र काँग्रेसवीच प्रतिस्पर्धा भएको थियो ।एमालेका उम्मेदवारहरु मानबहादुर जिसी र मञ्जु गुरुङ सहित २२ वटा वडामा विजय प्राप्त गरेको थियो भने काँग्रेसले ११ वटा वडामा जितेका थियो । मनोनयद दर्ता गरेसंगै एमाले र काँग्रेसका उमेदवार मत माग्दै जनताको घरदैलोमा पुगेका छन् ।
उनीहरुले यति बेला आन्तरीक भेटघाटलाई तिव्रता दिएका छन । एमालेले भोलिदेखि मेयर र उपमेयका उम्मेदवार सहित वडामा घरदैलो कार्यक्रम सुरु गर्ने भएको छ । प्रमुखमा उम्मेदवार बनेका कृष्ण थापाको जन्मथलो पोखरा १६ बाट औपचारीक रुपमा घरदैलो कार्यक्रम सुरु गर्ने भएका हो । आज विहान ८ बजेबाट घरदैलो सुरु भएको एमाले पोखरा महानगर कमिटिले जनाएको छ ।