पोखरा, वैशाख १८ गते ।गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका साझा उमेद्वार धनराज आचार्यले पोखराको विकास र समृद्धिका लागि गठबन्धनको जित आवश्यक भएको बताएका छन् । पोखरा महानगरपालिका वडा नं. ७ को चुनावी प्रचार प्रसार सम्पर्क कार्यालयको उद्धघाटन गर्दै उक्त कुरा बताएका हुन् ।
पोखरा महानगरको विकास र समृद्धिमा यस अघिका नेतृत्वहरु काम गर्न नसकेको बताउदै आचार्यले पोखराको विकास र समृद्धिका लागि गठबन्धनको नेतृत्वलाई चयन गर्नुको विकल्प नभएको बताए । गलत नेतृत्वलाई जनमत दिदाँ पोखरा र पोखेरेली जनताले विकासको अनुभुति समेत गर्न नपाएको आचार्यले बताए ।
यस्तै उपमेयरका उम्मेद्वार कोपिला रानाभाटले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनको आवश्यक भएको बताईन् । प्रतिगमनका कारण भिन्न निति र सिद्धान्त भएका पार्टीहरु समेत एक ठाउँमा उभिएको उनले बताईन् ।
पोखरा ७ का वडा अध्यक्ष पदका उम्मेदवार राम मोहन आचार्यले आफु र आफ्नो टिमका ५ जनालाई विजयी गराउन आग्रह गरे । पोखरा ७ मा राममोहन आचार्यको नेतृत्वमा महिला सदस्य विनिता अधिकारी बराल, दलित महिला सदस्यमा पुर्ण कुमारी नेपाली, खुल्ला सदस्यमा अजित कार्की र विष्णु सुवेदीको उमेद्वारी रहेको छ ।