मादी गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन

पोखरा । मादी गठबन्धन २०७९ को सम्पर्क कार्यालय पोखरा १२ शितलादेवीमा विधिवत उद्घाटन गरिएको छ । सोमबार गठबन्धनका साझा उम्मेद्वार द्वय देवी जंग गुरुङ र लालबहादुर गुरुङले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।

सम्पर्क कार्यालय उद्घाटनपछि मादी गाउँपालिका अध्यक्ष पदका नेपाली कांग्रेसका उम्मेद्वार देवी जंग गुरुङले मादीको विकासका लागि गठबन्धना साझा उम्मेद्वारहरुले उम्मेद्वारी दिएको बताए । आफूहरुको साझा उम्मेद्वारी नै आधार भएको उनले बताए ।
माओवादी केन्द्रबाट मादी उपाध्यक्ष पदका उम्मेद्वार लालबहादुर गुरुङले मादीको विकासका लागि गठबन्धन आएको बताए ।गठबन्धनका साझा उम्मेद्वारहर अहिले घरदैलो कार्यक्रममा गाउँ गाउँ पुगेको नेपाली कांग्रेस कास्की एकका सचिव सरोज केसीले जानकारी दिए ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...