पोखरा, बैशाख १९ गते । बैशाख ३० गते हुने स्थानीत तह निर्र्वाचनका लागि मत माग्न एमाले उम्मेदवारहरु जनताको घरदैलोमा पुगेका छन् । पोखरा महानगरका प्रमुख र उपप्र्रमुख सहित ३३ वटै वडामा एमालेले घरदैलो र कोणसभा मार्फत जनतासंग मत मागेको छ ।
एमालेले सोमबार महानगरका तीन वटा वडामा मेयरका उम्मेदवार कृष्ण थापा, उपमेयरका उम्मेदवार मञ्जुदेवी गुरुङ सहित वडामा घरदैलो कार्यक्रम गरेको छ । पोखरा वडा नम्व ५, १८ र ७ मा सोमबार वडाका टिमसंगै घरदैलो र कोण सभामा सम्पन्न गरेको छ । कोर्ण सभामा बोल्दै एमालेबाट मेयरका उम्मेदवार कृष्ण थापाले महानगरका प्रवाह गरिने सेवालाई सह बताउदै आर्थिक रुपमा सम्पन्न महानगर बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले नागरिकलाई सहज रुपमा सेवा प्रवाहका लागि अनलाई प्रणालीको व्यवस्था गर्ने बताउनुभयो ।
सेवा सुविधा लिन अव लाइन हैन, अनलाईबाटै सेवा प्रदान गरिने व्यवस्था मिलाउने छौँ उहाँले भन्नुभयो, विगतमा अगाडी बढाएका योजनालाई पुरा गर्नेछौँ । उपप्रमुखका प्रत्यासी मञ्जुदेवी गुरुङ पहिलो कार्यकालमा धेरै काम गरेको र केही योजना अधुरा रहेकाले त्यसलाई पुरा गदै समृद्ध पोखरा बनाउने बताउनुभयो । २०७४ सालमा मलाई मत दिएर विजयी गराउनुभयो उहाँल भन्नुभयो, ‘यहाँहरुको मतलाई सदुपयोग गदै पोखराको समृद्धिको खाका तयार गरेका छौ, अव यस पटक विजयी भए पुरा गर्ने छौँ । त्यसैले फेरी विजयी गराइदिन सवैलाई आग्रह गछौँ ।’ घरदैलो कार्यक्रम अन्र्तगत मंगलबार पोखरा १५, १७ र २२ मा घरदैलो गरिने एमाले पोखरा महानगर कमिटि अध्यक्ष दिलिप न्यौपानेले बताउनुभयो ।