पोखरा ८ मा मेयर र उपमेयर सहित एमालेको घरदैलो

पोखरा, बैशाख २१ गते । स्थानीय तह निर्वाचनको रौनक बढेकोछ । मतदानको मिति नजिकिएसंगै उम्मेदवारहरु भोट माग्न ब्यस्त छन् ।

निर्वाचन अभियानलाई तिव्र बनाउने उम्मेदवार जनताको घरदैलो पुगेका छन् ।यसैवीच नेकपा एमालेले पोखरा एमालेका मेयर र उपमेयरका उम्मेदवार सहित वडा वडामा घरदैलो गरेका छन् । आज बुधबार विहानैदेखि एमाले उम्मेदवार चुनावी अभियानमा जुटेका छन् । आज तीन वटा वडामा घरदैलो र चुनावी सभा भैरहेका छन् । आज पोखरा ८, ९ र १० नम्वर वडामा घरदैलो अन्र्तगत विहान पोखरा ८ मा घरदैलो सम्पन्न भएको छ ।

 

नेकपा एमाललेको तर्पmबाट पोखरा महानगपालिकाको मेयरको प्रत्यासि कृष्ण थापाले पोखरेली जनताको सेवक भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।नेकपा एमाले निर्वाचन परिचालन कमिटि पोखरा ८ द्धारा आयोजित उम्मेदवार परिचय एवम् वृहत आमसभामा बोल्दै उहाँले सुशासनयुक्त छिटो छरितो सेवा प्रवाह पहिलो प्राथमिकतामा रहने बताउनुभयो ।

 

पोखरालाई विश्वको उत्कृष्ट सहरको रुपमा परिचित गराउन पोख्रेली जनताको साथ र सहयोग अपरिहार्य हुने विश्वास व्यक्त गर्दै उम्मेदवार थापाले भन्नुभयो प्राकृतिक सम्पदानको संरक्षण गर्दै विकास निर्माणमा जोड दिइने छ ।नेकपा एमाले केन्द्रीय सदस्य समेत रहनु भएका उहाँले घोषणापत्रमा गरिएका प्रतिवद्धता अक्षरस पालना गर्ने विश्वास व्यक्त गर्नुभयो ।

 

उपमेयरका उम्मेदवार मञ्जुदेवी गुरुङले महानगरले पाँच बर्षको अवधिमा विकास न्याय र सुशासनका साथै विकास निर्माणमा जोड दिंदै आएको बताउनुभयो । खानेपानी, सडक, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उहाँले सम्पन्न भएको कार्यको निरन्तरता र अधुरा योजना सम्पन्न गर्नका लागि पार्टीले आफुलाई पुन उपमेयरको रुपमा अघि बढाएको स्पष्ट पार्नुभयो ।

 

पोखरा ८ का वडाअध्यक्षका उम्मेदवार रुद्रनाथ बरालले प्रतिवद्धता पत्रका आधारमा विकास निर्माणका कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...