पोखरा ११ र १२ का स्थानीय भन्छन्, यस पटक भोट एमालेलाई

पोखरा, बैशाख २२ गते । पोखरा महानगरपालिका वडा नम्वर ११ र १२ का मतदाताले यस पटक एमालेलाई जिताउने बचन दिएका छन् । मत माग्न घरदैलोमा पुगेका उम्मेदवारलाई यस पटक एमालेलाई जिताउने प्रतिबद्धता जनाएका हुन् । पोखरा ११ काँहुकी सरिता बास्तोलाले यसअघि अन्य दललाई मतदान गदै आएको भएपनि यस पटक एमालेलाई मतदान गर्ने बताइन् ।

उनले भनिन् ‘प्रजातान्त्रिक प्रणालीमा दलहरु आआफनै उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रनुपर्नेमा गठबन्धन गरेर आएकाहरुलाई दिदाँ पछि धोका हुने भएकाले यस पटक एमालेलाई मत दिने योजनामा छु ।’ उनलाई गठबन्धन मन नपरेको बताउदै एमालेका मेयर, उपमेयर र वडाका उम्मेदवारलाई मतदान गर्ने निर्णयमा पुगेको बताइन । पोखरा ११ कैै सोनिया भण्डारीले पहिलो पटक आफु मतदाता भएको र यस पटक एमालेलाई मतदान गर्ने सोचमा रहेको बताइन् । देश एमालेमय भएको सुनेको छु उनले थपिन, ‘एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला देश विकासको योजना ल्याएको बताउदै स्थानीय निर्वाचनमा एमालेलाई मत दिएर महानगरको विकासमा साथ दिनेछु ।’

त्यस्तै पोखरा १२ का सुनिल गुरुङलाई राजनीति खासै मनपर्दैन तर उनले यस पटक एमालेका उम्मेदवालाई मत दिने बताए । सडकपेटीमा बसेर एमालेको घरदैलो कार्यक्रम नियालेका गुरुङले भने,‘हाम्रो वडामा एमालेले युवालाई उम्मेदवार बनाएको रहेछ । त्यसैले मैले एमालेलाई भोट दिन सोचमा छु ।’ यसैवीच नेकपा एमालेका तर्पmबाट मेयरका उम्मेवार कृष्ण थापा र उपमेयरका उम्मेदवार मञ्जुदेवी गुरुङ सहित आज घरदैलो कार्यक्रम सम्पन्न गरेका छ । वडा नम्वर ११, १२ र २० मा उम्मेदवार सहित घरदैलो कार्यक्रम गरेको हो । घरदैलोपछि आयोजित कार्यक्रममा महानगरका मेयर पदका उम्मेदवार थापाले पोखरालाई समृद्ध बनाउने बाहेक आफनो अरु कुनै स्वार्थ नरहेको बताउदै जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

 

 

उनले महानगरमा हुने ढिलासुस्ती अन्त्य गदै सुशासन कायम गर्ने बताए । उपप्रमुखका उम्मेदवार मञ्जुदेवी गुरुङले आफुले पाँच वर्ष उमेयर भएर धेरै कार्यक्रम र योजना ल्याएको बताउदै बाँकी रहेका कामलाई पूर्णता दिदै नयाँ योजना सञ्चालन गर्न पून उम्मेवारी दिएको बताइन् । उनले महिला, बालबालिका ज्येष्ठ नागरीक र न्याय सम्पादनमा उत्कृष्ट काम गरेको बताउदै फेरी एक पटक एमाले उम्मेदवारलाई विजयी गराईदिन आग्रह गरिन् । पोखरालाई समुन्नत, आर्थिक रुपमा सम्पन्न, सुसंस्कृत महानगर बनाउने गुरुङले बताइन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...