पोखराका पाँच वडाको मतगणना जारी

पोखरा, जेठ १ गते । पोखरा महानगरपालिकाको मतगणना जारी छ ।पोखरा महानगरका पाँच वडाको मतणना भैरहेको छ । जिल्ला समन्वय समिति र मुख्यनिर्वाचन अधिकृतको कार्यालयमा हिजो साँझदेखि मतगणना सुरु भएको हो ।

मतगणनामा नेपाली काँग्रेस, नेकपा माओबादी र एकिकृत समाजबादी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका धनराज आचार्यले अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणाम अनुसार एकिकृत समाजवादीका आचार्यले १ सय ५ मतको अग्रता लिएका छन् । पोखरा महानगर पालिका वडा नम्बर १, २, १२ २३, २४ को ३ हजार ८ सय मतगणनामा आचार्यले अग्रता लिएका हुन् । आचार्यले १ हजार ५ सय ८५ मत प्राप्त गरेका छन् ।

 

 

उनलाई एमालेका उम्मेदवार कृष्ण थापाले १ हजार ४ सय ८० मत सहित पछ्याइरहेका छन् । उनी मतगणनाको सुरुवातदेखिनै दोश्रो नम्वरमा छन् । यसैवीच राप्रपाका मेयर उम्मेदवार शंकर खरालले २ सय २३, स्वतन्त्र गनेश पौडेलले १ सय १८ मत प्राप्त गरेका छन् ।

 

उपमेयरमा पनि गठबन्धनका उम्मेदवारले नै अग्रता कायम गरेका छन् । नेपाली काँग्रेसकी कोपिला रानाभाटले १ हजार ६ सय ७६ मत प्राप्त गदै अग्रता कायम गर्दा एमालेकी मञ्जुदेवी गुरुङले १ हजार ५ सय ३२ मत प्राप्त गरेकी छन् । उनीहरुवीचको मत अन्तर १ सय ४४ को रहेको छ । पोखरा महानगरपालिकामा २ लाख ७ हजार ७ सय १२ मतदाता रहेकामा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...