पोेखरा महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । वडा नम्बर २२, ३२ र ३३ नम्बर वडाको मात्रै मत परिणाम आउन बाँकी छ । मुख्य निर्वाचत अधिकृतको कार्यालयका अनुसार आज मध्यान्हसम्म अन्तिम मत परिणम आइसक्छ । तीन वडाको मत परिणाम आउन बाँकी रहँदा गठबन्धनबाट मेयर पदका उम्मेदवार धनराज आचार्य र उपमेयरमा एमालेका मञ्जुदेवी गुरुङको जीत निश्चित जस्तै भएको छ ।
१ लाख ३८ हजार २ सय ११ मत गन्दा आचार्य ५ हजार १ सय ९१ मतले एमाले उम्मेदवार कृष्ण थापा भन्दा अगाडि हुनुहुन्छ । थापाले ५० हजार ९ सय ७७ मत ल्याउनु भएको छ । उपमेयरमा एमालेका मञ्जुदेवी गुरुङले ५८ हजार ३ सय ३८ ल्याउँदा नेपाली कांग्रेसका कोपिला रानाभाटले ५४ हजार ३ सय १२ मत पाउनु भएको छ । मञ्जु ४ हजार २६ मतले अगाडि हुनुहुन्छ । पोखरामा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो । अब ५ हजार १५ मत गठना गर्न बाँकी छ । मेयरमा धनराज र उपमेयरमा मञ्जुको विजय निश्चित नै भएको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा प्रमुख र उपप्रमुखसहित २२ वडामा जीत निकालेको एमालेले अहिलेसम्म आएको नतिजा अनुसार ९ वडामा मात्र वडाध्यक्षमा निर्वाचित भएको छन् । उपप्रमुखमा मञ्जु विजयी हुने निश्चित छ । मत परिणाम अनुसार नेपाली कांग्रेसले २१ वडामा अध्यक्ष जित्दा ९ वटा वडामा मात्र प्यानल विजयी भएको छ भने नेकपा एमाले ९ वडा जित्दा ७ वटामा प्यानल विजयी भएको छ ।
पोखरा महानगरपालिकाको नगर सभा १ सय ६७ सदस्यीय छ भने कार्यपालिका ४३ सदस्यीय छ । धेरै वडामा आएको मिश्रित मत परिणामले नेकपा एमालेले नगर सभामा बहुमत पु¥याउने सम्भावना देखिएको छ । अहिलेसम्म एमालेले ९ वडाध्यक्षसहित ७८ सदस्यमा विजयी भएको छ । नेपाली कांग्रेस २१ वडा अध्यक्षसहित ७२ सदस्यमा निर्वाचित भएको छ । अहिले गणना भएका वडा नम्बर २२ मा एमालेको प्यानल नै अगाडि छ भने ३३ मा २ सदस्य र ३२ मा एक सदस्यको अग्रता छ । यो हिसाबले अब एमालेलाई नगर सभामा बहुमत पु¥याउन ६ सदस्य आवश्यक पर्दछ । ६ सदस्य मध्ये उपमेयरमा मञ्जुले जित्ने निश्चित छ भने वडा नम्बर २२ का ४ सदस्य र वडा ३३ को एक सदस्यले पनि जित्ने निश्चित जस्तै देखिएकाले बहुमत पुग्ने देखिएको छ । ८४ सदस्य पुगे बहुमत पुग्छ ।
यदी नगर सभामा बहुमत पुग्यो भने एमालेको कार्यपालिकामा ८ जना सदस्य थपिने छन् । ३ जना निर्वाचित सदस्य बाहेक र ५ जना निर्वाचित सदस्यबाट कार्यपालिका सदस्य चुनिने छन् । पोखरा महानगरको कार्यपालिका ४३ सदस्यीय छ । ३३ वडाका वडाध्यक्ष, प्रमुख र उप्रमुख गरेर ३५ र बाँकी आठ जना मनोनीत हुनेछन् ।
एमालेले वडा नम्बर ५, ८,१५, १७, २०,२१,२९ मा प्यानल विजयी, वडा नम्बर १ मा अध्यक्षसहित ४ सदस्य, ६ अध्यक्षसहित ३ सदस्य, ७, १६, १८ र १९, २४,२५,३१ मा चार÷चार सदस्य जितेको छ । त्यसै गरी २३ मा ३, ३० मा २, १४ र १८, २७ मा १÷१ सदस्य जितेको छ ।नेपाली कांग्रेसले वडा नम्बर २,३,४,९,१०,११,१२,१३,२६ मा प्यानलै जितेको छ भने वडा नम्बर ७,१६,१८,१९,२४,२५,३० र ३१ मा वडाध्यक्ष मात्र जितेको छ । वडा नम्बर १४, २७ र २८ मा अध्यक्षसहित ४, वडा २३ मा अध्यक्षसहित २ सदस्य जितेको छ ।