पोखरा, जेठ ११ गते । नेकपा एमालेले आज पोखरा महानगरको निर्वाचनमा निर्वाचित उपमेयरसहितको विजय र्याली गर्ने भएको छ ।एमाले नगरकमिटी अध्यक्ष दिलिप न्यौपानेका अनुसार र्याली पोखराको शहिदचोकबाट बुधबार बिहान ११ बजे शुरु हुनेछ । शहिदचोकबाट शुरु र्याली सभागृहचोकमा पुगि समाप्त हुने न्यौपानेले जनाएका छन ।
उनले र्यालीमा सहभागी हुन एमालेका नेता, कार्यकर्तालाई अनुरोध गरेका छन ।त्यस्तै यता गठबन्धनले पनि आजै विजय र्याली निकाल्दै छ । पोखरा सभागहृचोकबाट सुरु हुने र्याली न्यूरोड, चिप्लेढुंगा, महेन्द्रपुल हुदै नयाँ बजारस्थित प्रर्दशनी केन्द्रमा पुगेर सम्पन्न हुने गठबन्धने जनाएको छ ।