मूल्यबृद्धिको विरोध गर्दै राप्रपा कास्कीको ज्ञापन पत्र

पोखरा, जेठ १२ गते । पेट्रोलियमपदार्थको मूल्यवृद्धि विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले देशव्यापीविरोध प्रदर्शन गरेको छ । पार्टीले देशभरकाजिल्लाप्रशासनकार्यालय र मूख्यमन्त्रीकार्यालयमार्फत प्रधानमन्त्रीकार्यालयसमक्ष ज्ञापन पत्रबुझाउँदै विरोध जनाएको हो ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले बुधबार जिल्लाप्रशासनकार्यालय कास्कीमा ज्ञापन पत्रबुझाउँदै मूल्यवृद्धिको विरोध जनाएको छ । पार्टीले अत्यावश्यक पेट्रोलियमपदार्थ र खाद्यान्नमाभएको मूल्यवृद्धि तत्काल हटाउनुपर्ने माग राखेको छ ।

 

बुधबार जिल्लाप्रशासनकार्यालय कास्कीमा राप्रपाकाजिल्लाअध्यक्षनारायण गुरुङको नेतृत्वमापुगेको टोलीले ज्ञापनपत्र बुझाउँदै सरकारले मुल्यवृद्धि समायोजन नगरे चरणबद्ध रुपमाआन्दोलनगर्ने चेतावनी समेत दिएको छ ।

 

‘देश यसैपनिचरम आर्थिक संकट तर्फ उन्मुखभएको बेलामाजनताको ढाड सेक्नेगरि सरकारले नै मूल्यवृद्धि गर्नु कदाचित राम्रो कामहोईन ।’ अध्यक्ष गुरुङले भने–‘हामीले तत्कालमूल्यवृद्धि रोक्नकालागिअपील गरेकाहौँ । हाम्रो यो शान्तिपुर्णदबाबलाई सरकारले तत्काल सम्बोधन गरोस् भन्ने हामी चाहन्छौँ ।’

 

पार्टीले जनताको जीवनस्तर सहजबनाउनकालागि सरकारलाई दबाबदिने र मुल्यवृद्धि फिर्ता गर्न बाध्यबनाउनलागिरहने राप्रपाकास्कीकाप्रवक्ता अरुण गिरीले बताए । सरकारले सहि समयमामाग सम्बोधनको प्रयास नगरेमाआन्दोलनले अर्को रुप लिने उनले बताए ।

 

बुधबार जिल्लाप्रशासनकार्यालय कास्कीमा ज्ञापन पत्रबुझाउने कार्यक्रममा पार्टीका गण्डकी प्रदेश अध्यक्षपञ्चराम गुरुङ,महासचिवबरुण विक्रम राणा,पोखरा महानगरका मेयर उम्मेदवारशंकर खराल, उपमेयर उम्मदेवार रञ्जना सेन पौडेललगाएतको उपस्थिती रहेको थियो ।

 

राप्रपाकास्कीले मंगलबार मात्रै पेट्रोलियमपदार्थमाभएको मूल्यवृद्धिको विरोध गर्दै पोखरामा राँके जुलुश समेत निकालेको थियो । राँके जुलुशअमरसिंहचोकमागरिएको प्रवक्तागिरीले जानकारी दिए । यसैबीचविहिबार पनि राप्रपाकास्कीले पोखरामासडकमा मोटरसाइकल डोर्याएर विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको उनले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...