पोखरा, जेठ १२ गते ।पोखरा महानगरपालिका नवनिर्वाचित उपमेयर मञ्जुदेवी गुरुङले महानगरका अपाङ्गता भएका बालबालिकाहरुलाई शिक्षामा समान पहुँच स्थापित गर्ने र महिला हिंसाविरुद्ध पुरुषको ऐक्यवद्धताका लागि महिला पुरुष समचेतना कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेकी छन् ।
तस्विर राधिका कडेल
उनले शुक्रबार पदभार ग्रहण गदै अपाङ्गता भएका बालबालिकाहरुलाई शिक्षामा समान पहुँच स्थापित गर्ने र महिला हिंसाविरुद्ध पुरुषको ऐक्यवद्धताका लागि महिला पुरुष समचेतना कार्यक्रमलाई निरन्तरता निर्णय गरेकी हुन् । बालबालिकालाई विशेष अधिकार प्राप्त रहेको बताउदै महिला हिंसा न्यूनियकरणका लागि महिला पुरुष समसचेतना कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
उनले पदभार कार्यक्रममा बोल्दै पाँच वर्ष गरेको कामको मुल्यांकन गदै फेरी पोखरेली नागरिकले आफुलाई विजयी गरेको बताउदै सेवकका रुपमा फेरी नागरिकको पक्षमा काम गर्ने प्रतिवद्धता ब्यक्त गरीन् । फेरी पनि तपाईहरुको मायाले आएकी छु उनले भनिन फेरी पाँच वर्ष तपाईहरुको सेवामा लागि रहने छु । पदभार ग्रहणपछि उपमेयर गुरुंगले पोखरा १८ मा रहेको स्वःरवीन्द्र अधिकारीको शालिक, पोखरा १६ मा रहेको मदन आश्रितको शालिक, सहिद भिमेसन दाहाल र रपिन्द कार्कीको शालिकमा माल्यापर्ण गरीन ।
सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका आचार्यले नेकपा एमालेका कृष्णबहादुर थापालाई पराजित गर्दै पोखराको १६ औं मेयरमा निर्वाचित भएका हुन् । उपमेयरमा दोहोरिएकी गुरुङ नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।