पोखरा, जेठ १८ गते ।पोखरा महानगरपालिकाको कार्यपालिका सदस्य चयनका लागि आज निर्वाचन हुदैछ । निर्वाचनबाट ८ जना कार्यपालिका सदस्य चयन हुने छन्
। निर्वाचन आयोगले आज विहान दश देखि दिउसो एक बजेसम्मका लागि मतदान समय तोकेको छ । निर्वाचनमा काँग्रेस, माओबादी केन्द्र, जनता समाजबादी, एकिकृत समाजबादी र जनमोर्चा सहितको गठबन्धन र नेकपा एमालेका उम्मेदवार चुनावी मैदानमा रहेका छन् । महिला, दलित तथा अल्पसंख्यकबाट ६ जनाको उम्मेदवारी परेको छ । भने ५ जना महिलाका लागि दश जनाको उम्मेदवारी परेको छ । एमालेले महिला सदस्यहरुको लागि धनकुमारी पोख्रेल, निर्मला पोडेल,भिमकुमारी पुन गर्बुजा, मन्दिरा परियार र हरिमाया विश्वकर्मालाई उम्मेदवार बनाएको छ । यता काँग्रेस सहितको गठबन्धनबाट डाल्दादेवी भुजेल, दुर्गादेवी केसी थापा, पवित्रा थापा, भावना श्रेष्ठ र रनसुबा गुरुंगलाई उम्मेदवार बनाएको छ ।
दलित तथा अल्पसख्यकबाट एमालेले गोविन्द तुलाचन, दीपक घिमिरे र निर्मल दियालीलाई उम्मेदवार बनाएको छ । सोही पदका लागि गठबन्धन दल माओबादी केन्द्र, जसपा र एकिकृत समाजबादीले एक एक वटा सिट बाडफाड गरेका छन । माओबादीले भिमबहादुर घर्ती, जनता समाजबादीले पानबहादुर घर्ती र एकिकृत समाजबादीले लालबहादुर विकलाई उम्मेदवार बनाएको छ । पोखरा महानगरमा गठबन्धनबाट एक मेयर र २४ वडा अध्यक्ष तथा एक स्वतन्त्र गरी ८१ मत रहेको छ भने उपमेयर सहित ९ वडा अध्यक्ष सहित ८६ जना एमालेका रहेका छन् । १६७ जनाले मतदाता रहेका छन् ।