पोखरा । पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यमा एमालेको प्यानल नै विजयी भएका छन् । आठै जना एमाले उम्मेदवार विजयी भएका हुन् ।
निर्वाचनमा ८ पदका लागि १६ जनाको उम्मेदवारी परेको थियो । निर्वाचित हुनेहरुमा महिला सदस्यमा एमालेबाट धनकुमारी पोखरेल, निर्मला पौडेल, भिमकुमारी पुन गर्बुजा, मन्दिरा परियार, हरिमाया विश्वकर्मा एमालेबाट निर्वाचित भए ।
उनीहरुले सबैले ८६ मत ल्याएका हुन् । मतदानमा ३ जना दलित अल्पसंख्यकमा पनि एमाले उम्मेदवार नै निर्वाचित भएकामा पनि एमाले उम्मेदवार नै निर्वाचित भएका छन् ।
दलित तथा अल्पसंख्यकमा गोविन्द तुलाचन, दीपक घिमिरे, निर्मल दीयाली निर्वाचित भए । तुलाचन र घिमिरेले ८६ र दीयालीले ८७ मत पाएका थिए । ४३ सदश्य मध्ये ३५ सदश्य यस अघिनै निर्वाचित भएका थिए ।कार्यपालिकामा मेयर ,उपमेयर र ३३ वटा बडाका वडा अध्क्षय र आज निर्वाचित सहित ४३ सदश्य रहने ब्यबस्था रहेको छ ।