पोखरा, जेठ १८ गते । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पोखरा महानगरलाई अब्बल बनाउने जिम्मेवारी नवनिर्वाचित जनप्रतिनिधिको काँधमा आएको बताएका छन् । नवनिर्वाचित वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको परिचायत्मक कार्यक्रममा बोल्दै उनले काम र परिणामले महानगरलाई देशभरकै अब्बल र उत्कृष्ट छौ भन्ने प्रमाणित गरौँ ।
प्रमुख आचार्यले महानगरमा सत्ता पक्ष र प्रतिपक्ष छैन उनले भने, अल्पमत र बहुमत हैन, सर्वसम्मत रुपमा निर्णय पास गर्ने गरी काम गरौ । उनले महानगरबाट हुने निर्णयहरु गर्दा ब्यापक छलफल गर्ने बताए । उनले यसअघिको निर्वाचित नेतृत्वले गरेका राम्रा कामलाई निरन्तरता दिने र गलत छ भन्ने लागेमा परिर्वतन हुन्छ । उनले निर्वाचित जनप्रतिनिधिको प्राथमिकता महानगर बन्नुपर्नेमा जोड दिए ।
उपप्रमुख मञ्जुदेवी गुरुगले महानगरमा विजयी सबैको लक्ष्य र गन्तब्य एउटै भएको बताउदै जनताको मत र मन जितेर आएकाले त्यही अनुसार काम गनुपर्नेमा जोड दिनुभयो ।जसरी निर्वाचन जितेर आउनुभयो, त्यसरीनै मत नदिनेहरुको पनि मत जित्ने गरी काम गर्न आग्रह गदै भन्नुभयो, महानगरमा पक्ष र प्रतिपक्ष हुदैन भन्ने स्थापित गरेका छौ । अव पनि त्यसरी नै अगाडी बढौ । कार्यक्रमको सञ्चालन महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले गरेका थिए । यसैवीच महानगर कार्यपालिकामा निर्वाचित आठ जना कार्यपालिका सदस्यहरुलाई सपथ ग्रहण समेत गराइएको थियो । महानगर प्रमुख आचार्यले सपथ ग्रहण गराएका थिए । कार्यक्रममा निर्वाचति वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुलाई महानगर प्रमुख आचार्य र उपप्रमुख गुरुंगले महानगरको लोगो र खादा लगाएर बर्धाइ ज्ञापन गरेका थिए ।