हाम्रो सहयोगी सहकारीको वार्षिकोत्सव

पोखरा, जेठ २० गते ।हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले पोखरा महानगरपालिका १४ चाउँथेमा सेवाकेन्द्र विस्तार गरेको छ ।पोखरा ९ पृथ्वीचोकस्थित पोखरा मलमा मुख्य कार्यालय रहेको सहकारीले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा शुक्रबारदेखि चाउँथेमा सेवाकेन्द्र सञ्चालनमा ल्याएको हो ।


उक्त कार्यालयको उद्घाटन पोखरा महानगरपालिकाका मयेर धनराज आचार्यले गरे । सो अवसरमा बोल्दै मेयर आचार्यले सहकारी वित्तिय क्षेत्रको मेरुडण्ड रहेको धारणा राखे ।

उनले विधानमा उल्लेख भए अनुसार आफ्ना सेवाग्राहीलाई सर्वसुलभ सेवा प्रदान गर्नुपर्ने बताउदै सफलताको शुभकामना व्यक्त गरे । ‘तपाइहरुको विधान अनुसार आफ्ना सेवाग्राहीलाई सर्वसुलभ सेवा प्रदान गर्ने कुरामा तपाईहरु सफल हुनुहोस्, उनले भने, ‘यो अफिसले पनि हेड अफिसले जस्तै सेवाहरु प्रवाह गर्न सकोस सबैलाई शुभकामना ।’

मेयर आचार्यले आगामी दिनमा हरेक वडामा दुइवटा सहकारीसगँ समन्वय गरेर उत्पादनको प्रवद्र्धन गर्न कोसेली घर निर्माण गर्रे बताए । ‘हामीले आउने दिनमा हरेका वडाको एउटा वा दुइटा सहकारीसँग मिलेर उत्पादनमा जनसमुदायलाई जोड्ने उद्देश्यसहित कोसेली घर बनाउने गरि हामीले योजनामा राखेका छौ, उनले भने, ‘त्यसकारण सहकारी पनि हाम्रो कामको एउटा क्षेत्र बन्दैछ । आउने १० गते बजेट ल्याउदै छौ । त्यसको नीति तथा कार्यक्रममा समावेश गरेपछि राम्रोसँग हेर्न र बुझ्न पाउँनुहुनेछ । र पोखरा महानगरपालिका सहकारीसँग सहकार्य गरेरै अगाडी बढ्ने नीति रहेको छ ।’

त्यसैगरि वडा १४ का अध्यक्ष बोधराज कार्कीले उक्त सहकारीसँग पुराने सम्बन्ध रहेको बताउदै वडाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले स्थानीयबासीलाई आफ्नै टोलमा सहकारी आएकोले बचत गर्ने बानीको विकास गर्न सुझाव दिए । उनले वैंकले भन्दा सहकारीले सेवा दिने बताउदै सेवाको सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष कार्कीले फरक प्रसंगमा बोल्दै आफ्नो वडालाई नमुना वडाको रुपमा विकास गर्न लागिपरेको बताए । ‘हाम्रो वडालाई नमुना वडा बनाउने योजनामा छौ, उनले भने, ‘त्यसको लागि प्रत्येक टोल र क्लबहरुको सहयोग चाहिन्छ । त्यसैले हामीले ५ वर्षमा यस वडालाई नमुना र स्मार्ट बनाएर मात्रै जानेछौ ।’

उक्त कार्यक्रममा पोखरा महानगरपालिका १७ वडाध्यक्ष राधिका शाही योगी, मादी गाउँपालिका ४ का वडाध्यक्ष शिव सापकोटा, गण्डकी चेम्बर्स अफ कमर्सका गण्डकी अध्यक्ष किसान सुनार, सहकारी व्यवस्थापन क्लबका अध्यक्ष अपिल कोईराला, शुन्दर टोल विकास संस्थाका अध्यक्ष बलराम लामा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...