बि.सं. २०१६ सालमा स्थापित त्रिभुवन विश्वविद्यालयमा कार्यरत कर्मचारीहरुको आधिकारिक संघको निर्वाचन विधान अनुसार तीन बर्षमा हुनुपर्नेमा विविध कारणवस पांच बर्षमा हुनगइरहेको छ । कर्मचारी संघको १२ औं आसन्न निर्वाचनका लागि त्रि.वि. मा कार्यरत कर्मचारीहरुको दुई वटा प्यानल त्रि.वि. प्रगतिशिल कर्मचारी संगठनका तर्फबाट छत्र बहादुर कार्कीको प्यानल र प्रजातान्त्रिक वाम लोकतान्त्रिक कर्मचारी समूहबाट पुण्यप्रसाद आचार्यको नेतृत्वमा आगामी कार्यकालको लागि उम्मेदवारी दर्ता गरी चुनावी मैदानमा होमिएका छन् । यसैगरी तीनजना कर्मचारीले विभिन्न पदहरुमा स्वतन्त्र उम्मेदवार दर्ता गराएका छन् । त्रि.वि. मा कार्यरत राजत्रिांकृत तृतीय श्रेणीदेखी मुनिका पदमा कार्यरत चार हजार नौ सय उनान्सतरी जना कर्मचारीहरुले यो निर्वाचनमा आगामी मसार १० गते ७३ वटा मतदान केन्द्रबाट मतदानमा भाग लिंदैछन् ।
त्रि.वि. कर्मचारी संघको २५ सदस्यीय केन्द्रिय समितिको निर्वाचनमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष तथा सातै प्रदेशबाट एक एक जना गरी सात जना उपाध्यक्ष र १३ सदस्यका लागि दुई प्यानलबीच निर्वाचन हुंदैछ । यो निर्वाचनका लागि दुई प्यानल र स्वतन्त्र गरी जम्मा ५३ जना आकांक्षीहरुले ले मनोनयन दर्ता गरेका छन् । देश संघीयतामा गइसकेपछि कर्मचारी संघले पहिलो पटक प्रदेश अनुरुप निर्वाचन गराउन कोसिस गरेता पनि यस बिषयमा बिधानमा स्पष्ट ब्यबस्था नभएका कारण केही दिन निर्वाचन समितिले उम्मेदवारहरुको अन्तिम नामावली र निर्वाचन चिन्ह दिन ढिलाई गरेको थियो । त्रि.वि.का आधिकारीक संघ, संगठनहरुले प्रदेशको बिषयलाई निर्वाचन समितिले गरेको निर्णयलाई स्वीकार्दै आगामी असार १० गते हुने निर्वाचनमा भाग लिने प्रतिवद्धता जनाए संगै एमाले समर्थीत प्रगतिशील कर्मचारी संगठनलाई चुनाव चिन्ह घडी र वाम लोकतान्त्रिक समूहलाई कलश चुनाव चिन्ह र स्वतन्त्र उम्मेदवारहरुलाई लौरो चुनाव चिन्ह प्रदान गरिए संगै चुनावी माहौल देशैभर तातेको कर्मचारीहरु बताउंछन् ।
त्रि.वि. मा कार्यरत कर्मचारीहरुले अहिलेको निर्वाचनलाई पेशागत हक,हितका साथसाथै अवसरको रुपमा अघि सार्नुपर्ने बताईरहंदा त्रि.वि.मा उम्मेृदवारी दिने संघ, संगठनहरुले आ–आफ्नो चुनावी घोषणापत्र मार्फत मतदाताहअरु तान्न प्रयासरत रहेका छन् । सोमबार त्रि.वि. शिक्षण अस्पतालको प्राङ्गनमा प्रगतिशील कर्मचारी संगठनले आफ्नो तर्फका उम्मेदवारहरुको परिचयात्मक कार्यक्रम राखेको थियो भने मंगलबार वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार परिचयात्मक कार्यक्रम राखेको छ ।
नेपाल सरकारमा गत स्थानीय निर्वाचनमा भएको गठबन्धन जस्तै त्रिभुवन विश्वविद्यालयमा पनि त्रि.वि. प्रजातन्त्रवादी, वामलोकतान्त्रिक कर्मचारी समूहको गठबन्धन गरेका छन् । गठबन्धनको तर्फबाट अध्यक्ष पदमा कांग्रेसका पुण्य प्रसाद आचार्य र माओवादी समर्थक नेराकस बाट महासचिवमा दुर्गा प्रसाद तिमिल्सिना र सचिवमा नेकपा समाजवादी कर्मचारी संगठनका तर्फबाट विदुर दाहाल उम्मेदवार बनेका छन् भने एमाले समर्थित नेपाल प्रगतिशिल कर्मचारी संगठनका तर्फबाट अध्यक्षमा छत्रबहादुर कार्की, महासचिवमा सृजना भुमी र सचिवमा उज्जवलमान प्रधान रहेका छन् ।
त्रि.वि. मा कार्यरत कर्मचारीहरुको पेशागत हकहितको लागि आ–आफ्ना प्रतिवद्धता र चुनावी घोषणापत्रसहित दुबै प्यानल निर्वाचनमा होमिएका छन् । बिशेषगरी यस अघि तिन बर्षका लागि निर्वाचित भएको प्रजातान्त्रिक समूहले पांच बर्ष कर्मचारी संघको जिम्मेवारी पाए पनि कर्मचारीहरुको हकहितको पक्षमा उल्लेखनिय काम हुननसकेको, त्रि.वि. महिनौ बन्द हुंदा मौन बसेको, कोरोना संकटमा समेत आफ्नो उपस्थिती देखाउन नसकेको, त्रि.वि. मा आधा कर्मचारीहरु घट्दा समेत त्रि.वि. पदाधिकारीहरुलाई नयां विज्ञापन, वढु्वा लगायतका कामहरु ग्र्ननसकेकाने आरोप स्वयं कर्मचारीहरुले लगाउने गरेका छन् भने त्रि.वि. प्रगतिशील कर्मचारी संगठनले समेत प्रमुख प्रतिपक्षीको भूमिका सक्रिय रुपमा निर्वाह गर्ननसकेको आरोप कर्मचारीहरुले लगाएका छन् ।
तीन बर्षे कार्यकाल लम्ब्याएर पांच बर्ष सम्म कार्यकाल लम्व्याउंदा समेत कर्मचारीहरुको पक्षमा उल्लेख्य काम गर्ननसकेको प्रजातन्त्रवादी समूहले यसपटक माओवादी, समाजवादी लगायतको सहारा लिई निर्वाचनमा होमिनुलाई आम कर्मचारीहरुले आश्चर्यको रुपमा हेरेका छन् । उस्ले किन र कुन आधारमा गठबन्धन गर्नुप–यो? के उस्ले एक्लैले जित हांसील गर्ननसक्ने भएरै यो गठबन्धन गर्नुपरेको हो? प्रजातन्त्रको पक्षधर मानिने प्रजातन्त्रवादी कर्मचारी संगठनले जित्नैका लागि गठबन्धन गरेको हो? त्यस्तैगरी गठबन्धनकै नाममा अन्य संगठनहरुले आफ्नो पहिचान स्थापित गर्नका लागि होकि अन्त्य गर्नका लागि गठबन्धन गरेका हुन? । जस्ता प्रश्नहरु ीत्र.वि.मा कार्यरत कर्मचारीहरुबाट धमाधम उठ्न थालेका छन् । त्रि.वि. जस्तो प्राज्ञिक र शैक्षिक संस्थाहरुमा राजनितिक गन्ध हटाउनुपर्ने अवस्थामा संघ संगठनहरुले नेपाल सरकारकै सिको लिई गठबन्धन गरी निर्वाचनमा होमिनुलाई त्रि.वि. का आम कर्मचारीहरुले आगामी असार १० गते प्रष्ट्याउने आशा गर्नसकिन्छ । निर्वाचनलाई राजनीतिकरण नगरी कर्मचारीहरु बीच एकता, सद्धभाव, संवादलाई दुशै समूहले आत्मसात गर्दै अघि बढ्न्सक्नुपर्दछ । त्रि.वि. मा भएका विकृति, विसंगति हटाई शैक्षिक उन्नयन र त्रि.वि. मा कर्मचारीहरुको वृत्तिविकास, सुरक्षा, अवसर, समयमै पदपु्र्ति र बढुवा , रोजगारीको ग्यारेण्टी र समय सापेक्ष तालिमहरुको व्यवस्था लगायतका विभिन्न बिषयहरुलाई घोषणापत्र मार्फत सार्वजनिक भैसकेको त्रि.वि. प्रगतिशिल कर्मचारी संगठनले जनाएको छ । त्यस्तैगरी वाम लोकतान्त्रिक समूहले पनि आफ्ना विभिन्न चुनावी एजेण्डालाई घोषणापत्र मार्फत सार्वजनिक गरेको छ । आगामी असार १० गते हुने निर्वाचनलाई स्वच्छ, शान्त र धांधलीरहित तरीकाले सम्पन्न गराई नयां नेतृत्व चयन गर्ने कार्यमा त्रि.वि. लाग्नुपर्दछ ।