एकराज गिरी/पोखरा,मंसिर ६ गते ।छैटौँ संस्करणको टाइगर कप राष्टिय तथा अन्तराष्टिय महिला पुरुष भलिबल प्रतियोगिता माघ दोश्रो साताबाट संचालन हुने भएको छ । शिक्षा, स्वास्थ्य र खेलकुदलाई मुल आधार मानेर स्थापना भएको टाइगर ग्रुपले नेपालको राष्टिय खेल भलिबललाई प्रवद्र्धन गर्ने उदेश्यले आमन्त्रित राष्टिय तथा अन्तराष्टिय महिला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

छैठौँ संस्करणको प्रतियोगिता आउदा माघ ९ देखि १७ गतेसम्म पोखरा रंगशालाको भलिबल कोर्टमा आयोजना गर्ने टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । नेपाल भलिबल संघ र खेलकुद परिषद गण्डकीबाट माघ ९ देखि प्रतियोगिता संचालनका लागि स्वीकृति प्राप्त गरेको उनले जानकारी दिए । प्रतियोेगितामा राष्टिय तथा अन्तराष्टि खेलाडीहरुको सहभागीता रहने बताइएको छ ।
टाइगर कप भलिबलले पोखरामा आफनो पहिचान स्थापित गर्न सकेको अध्यक्ष शर्माले बताए । उनले पछिल्लो समयमा प्रतियोगिताले छुटटै पहिचान बनाएको बताउदै पुरस्कार राशी समेत बृद्धि गरेको बताए । पाँचौ संस्करणमा टाइगर कपबाट २१ लाख रुपैयाँ नाफा गर्न सफल भएको थियो । एकरोड एकहत्तर उन्नान नब्बे हजार पाँच सय आम्दानी भएको र एक करोड पचास लाख अठासी हजार खर्च भएको कोषाध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए ।
त्यस्तै विद्यालयहरुलाई खेलकुद सामाग्री, आर्थिक सहयोग र विभिन्न स्वास्थ्य शिविर संचालन गरेको सचिव डि.बी नेपालीले जानकारी दिए । यस वर्र्ष पनि अशक्त असहायहरुो लागि सहयोग गर्ने, सरकारी विद्यालयरुमा शैक्षिक तथा खेलदुक सामाग्री वितरण अझै प्रभावकारी बनाउने र स्वास्थ्य शिविर तथा शिक्षासंग सम्वन्धित कार्यक्रम गर्ने सचिव नेपालीले बताए ।