रक्तदाता सचेतना कार्यक्रम

पोखरा, जेठ ३१ गते ।विपतको समयमा रगतको उपलब्धताका लागि रक्तदाता, पहिचान, उत्प्रेरणा र सञ्जालीकरण कार्यक्रम अन्तर्गत नेपाल रेडक्रस सोसाइटी कास्कीको आयोजनामा रक्तदाता सचेतना कार्यक्रम मङ्गलबार पोखरामा सम्पन्न भएको छ ।

अन्तराष्ट्रिय रक्तदाता दिवसको अवसर पारेर आयोजित कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री दोबाटे विश्वकर्माले रेडक्रसले गरेका कार्यक्रमको प्रशंसा गर्दै गण्डकी सरकारले आगामी दिनमा पनि आवश्यक साथ र सहयोग गर्ने प्रतिबद्धता जनाए ।

 

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गण्डकीका सभापति सूर्यप्रसाद ढकालले रक्तदान गर्न सबैलाई सचेतना जगाउनका निमित्त सामाजिक संघसंस्थाका साथै सरकारले पनि सहयोग गर्न आग्रह गरे ।नेपाल रेडक्रम सोसाइटी कास्कीका सभापति डोलराज पाण्डेले विभिन्न सामाजिक संघसंस्थाले आयोजना गरेका रक्तदान कार्यक्रममा रक्तदान गरेर जीवनदान दिएका भन्दै आम रक्तदाताप्रति आभार प्रकट गरे ।

 

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल रेडक्रस सोसाइटी कास्कीका क्षेत्रीय सञ्चारगृहका प्रमुख अर्जुन प्रसाद ज्ञवाली र ने.रे.सो.कास्कीका कार्यालय प्रमुख मोहनसिंह खड्काले रगतको महत्व र प्राविधिक विषयमा प्रकाश पारेका थिए ।

 

सो अवसरमा आकस्मिक रक्तदान युनिटका सहसंयोजक नेत्र प्रसाद ढकाल, सहसंयोजक सुरेन्द्र श्रेष्ठ, स्वयंसेवी रत्तदाता समाजका निवर्तमान अध्यक्ष जितेन्द्रमान शाक्य, रेडियो सराङ्गकोटका व्यवस्थापक योगेन्द्र श्रेष्ठका साथै नियमित रक्तदाताहरुबिच आगामी दिनमा रक्तदानमा देखिने चुनौति र त्यसका समाधानका विषयमा अन्तरक्रिया भएको थियो ।

नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डोलराज पाण्डेको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन मन्त्री धर्मराज अधिकारीले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...