पोखरामा स्काउटको आधारभुत तालिम

पोखरा, असार १ गते ।नेपाल स्काउट स्थानिय स्काउट कार्यालय पोखरा महानगरपालिका कास्कीको आयोजनामा ४९१ औ बि टी सि आधारभुत स्काउट तालीम सम्पन्न भएँको छ। पोखरा महानगरपालिका भित्रका बिभिन्न ३२ वटा बिद्यालयहरु छनौट गरी तालीम सम्पन्न भएँको छ। जेठ २७ गते बाट शुरु भएँको तालीम ६ दिनसम्म चलेको थियो।

कार्यक्रममा नेपाल स्काउट रास्टीय समिति संयोजक लोकबहादुर भण्डारी, रास्टीय समिति सदस्य शिब बहादुर भण्डारी एसिया प्यसिफिक रिजन एजुकेसनल मेथड सबकमिटीको अर्डिनेटर देवराज घिमिरे , नेपाल स्काउट गण्डकी प्रदेश सम्योजक आशीर्वाद सुवेदी, पोखरा महानगरपालिका का शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो। नेपाल स्काउट पोखरा महानगरपालिका का सम्योजक सुबिन तिमिल्सिनाको अध्यक्षतामा भएँको कार्यक्रममा ३२ जना स्काउट मास्टर हरु लाई दिक्षित गरिएको थियो। उक्त कोर्षका कोर्ष लिडर पूर्व रास्टृय तालीम आयुक्त नारायण पराजुली र सहायक कोर्ष लिडर सहायक रास्टृय प्रशिक्षक सागर पौडेल हुनुहुन्थ्यो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...