काबा मेयरकाे निर्देशनमा भासिएकाे सडक पुरियाे

पोखरा, असार १२ गते । पोखरामा अविरल वर्षाका कारण भासिएको सडक पुरिएर  छ । पोखरा वडा नम्वर ४ को फिर्केमा पोखरा भासिएको हो । सडक भासिएर दुई चिरा परेको थियाे । पोखरा-४, बुढानिलकण्ठ मन्दिर र बाग्लुङ बसपार्क नजिकको पुलको आडैंमा राति परेको पानीका कारण भ्वाङ परेको सडककाे महानगरपालिकाका कार्बाहक मेयर मञ्जुदेवी गुरुङले निरिक्षण गरेलगत्तै उहाँकाे निर्देशनपछि भ्वाङ पुरिएको छ ।उहाँले वर्षायामकाे सुरुवातसंगै बाढी, पहिराे जस्ता प्राकृतिक बिपत्तिका घटना हुनसक्ने भएकाले सजग र सचेत हुन सबैमा अनुराेध समेत गर्नुभएकाे छ।

केही दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण पोखरा महानगरपालिका वडा नम्बर ४ मा सडकसहित एक घर भासिएको हाे  ।फिर्केखोला नजिकैको बुढानीलकण्ठ किरियाकर्म अगाडिको बाटो करिब १५ मिटर भासिएको वडाध्यक्ष देवीकृष्ण पराजुलीले जानकारी दिनुभयो ।

सडक भासिएसंगै सडक किनारमा रहेको एउटा कच्चिघर समेत भ्वाङ परेको थियो  । यसैवीच भासिएको सडकको पोखरा महानगरपालिका  स्थलगत अनुगमन गर्नुभएको छ । वडा नम्वर ४ का वडा अध्यक्ष अध्यक्ष देवकृष्ण पराजुलीले सडक भासिएको जानकारी गराएपछि काबा प्रमुख गुरुङ त्यहाँ पुग्नुभएको थियो ।

 

उहाँले निरिक्षण गरेपछि तत्काल माटो ल्याएर पुरेर सडक आवत जावत गर्न मिल्ने बनाउन महानगरका कर्मचारीलाई निर्देशन दिनुभएकाे थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...