काठमाडौं, असार १३ गते ।वर्तमान सरकारका मन्त्रीहरु हेरफेर भएका छन् । सत्ता साझेदार दल एकिकृत समाजबादीले मन्त्री परिर्वतन गरेको हो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार मन्त्रिपरिषद् हेरफेर र कार्यविभाजन गर्नुभएको छ ।

प्रधानमन्त्री, २० मन्त्री र तीन राज्यमन्त्री रहेका छन्।नवनियुक्त मन्त्रीको शपथ आज बिहान ११ बजे हुने भएको छ । राष्ट्रपति निवास सितल निवासमा सपथ हुने जानकारी राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले दिनुभयो ।