ट्राफिक प्रहरीको स्वास्थ्य परीक्षण

कास्कीमा रहेका ट्राफिक प्रहरीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पोखरा र मातहतमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुको स्वास्थ्य चेकजाँच सम्पन्न भएको छ ।

लेखनाथ सिटि हस्पिटल र हिमालय आंखा अस्पताल, पोखराको सहयोगमा उक्त स्वास्थ्य चेकजांच गरीएको थियो । उक्त कार्यक्रममा कास्की जिल्लामा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीको ब्लड प्रेसर, सुगर र आखाँको स्वास्थ्य चेकजांच  गरी स्वास्थ्य परामर्श प्रदान गरीएको थियो ।

ट्राफिक प्रहरी अन्य प्रहरीहरु भन्दा बढि बाह्य प्रदुषणमा खटिनु पर्ने तथा धेरै मानिसहरुको सम्पर्कमा रही कार्य सम्पादन गर्नुपर्ने भएकोले स्वास्थ्यमा समस्या देखिन सक्छ त्यसैले अनिवार्य नियमित स्वास्थ्य चेकजांच गरी ट्राफिक कार्यमा थप चुस्तता ल्याउन कार्यक्रमको आयोजना गरीएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक प्रकाश शाहले बताउनुभयो ।  

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...