प्रहरी कार्यालय कास्कीमा पुस्तकालय र क्याफे

पोखरा, असार १४ गते ।जिल्ला प्रहरी कार्यालय कास्की परीसर भित्र नव निर्मित प्रहरी पुस्तकालय र क्याफे उद्घाटन गरीएको छ । कास्कीका  प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले एक कार्यक्रमका बिच उक्त पुस्तकालय र क्याफे उद्घाटन गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले नव निर्मित पुस्तकालय तथा क्याफे जिल्ला प्रहरी कार्यलय भित्र प्रवेश गर्ने सम्पुर्णमा सिकाईको नया स्रोत बन्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा  विशेष अतिथि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका निमित्त कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक कृष्णहरी शर्माले प्रहरी कार्यलयमा पुस्तकालय तथा क्याफे स्थापना नया अभ्यास भएको र यसले प्रहरीलाई थप दक्ष बनाई प्रहरी कार्यमा नया आयाम प्रदान गर्ने बताउनुभयो ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले उद्घाटन कार्यक्रममा उपस्थित सम्पुर्णमा धन्यबाद व्यक्त गर्दै सिक्ने चाहना भएका व्यक्तीहरुलाई आफुले पुस्तकालय तथा क्याफे निर्माण गरी सिकाईमा सहजिकरण गरेको बताउनु भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...