भाईको सम्झनामा एबिसीकर्मी रानामगरद्वारा‘कुरुवाबेड’ सहयोग

पोखरा, असार २१ गते ।पत्रकार तथाएबिसी टेलिभिजनकर्मी गिता रानामगरले पोखरा स्वास्थ्यविज्ञानप्रतिष्ठान(पश्चिमाञ्चलक्षेत्रीयअस्पताल) मा‘बिरामी कुरुवा बेड’ सहयोग गरेकाछन् । स्वर्गीय भाई कुलदिप रानामगर ( अर्जुन) को सम्झनामापत्रकार रानामगरलेप्रसुतीतथा स्त्री रोग भवनको शिशु वार्डमा३ थान बिरामी कुरुवा बेड सहयोग गरेकाहुन् । उक्त बिरामीकरुवा बेड पत्रकार रानामगरले अस्पतालकाप्रा. डाक्टर भरतबहादुर खत्रीलाई हस्तातरण गरे ।


सो अवसरमाबोल्दै पत्रकार रानामगरले स्वर्गीय भाईको सम्झनामाअस्पतालको शिशु वार्डमाआवश्यकता महसुस गरि राना परिवारको तर्फबाट सहगोग गरेको बताए । ‘भाईपनि सानै उमेरमा सम्झनामै सिमितभएको थियो, उनले भने, ‘त्यहीबच्चावार्डमा बिरामी कुरुवाहरुलाई सहजहुन्छभन्ने उद्देश्यले सहयोग गरेको हुँ ।’

 

उनले सोही प्रसंगमाधर्म कमाउनमन्दिर नै जाननपर्ने बताए । ‘धर्म कमाउनमन्दिरमै गएर भेटीचढाउनु पर्छ भन्ने छैन, रानामगरले भने, ‘आफुलाई मनमाशान्तीमिल्ने गरि अस्पताल र वृद्धाश्रममापनिदानगर्न सकिन्छ ।’

 

यसैगरि सो समाग्रीग्रहणगर्दै अस्पतालकानिर्देशकप्रा. डाक्टर भरत बहादुर खत्रीले सहयोगकालागिआभार व्यक्त गरेकाथिए । उनले अस्पतालमाविशेषगरी फलामकाकुर्ची तथा बेन्चहरु सहयोग आउँने बताउदै टिकाउनहुने धारणा राखे । डाक्टर खत्रीले सहयोगीदाताहरुलाई काठले बनेका समाग्रीहरु प्रदानगर्न समेत सुझाएकाथिए ।स्याङ्जाको पुतलीबजार नगरपालिका७बुढीलेककापत्रकार रानामगरकाभाई स्वर्गीय कुलदिप रानामगर (अर्जुन) ले७वर्षको कलिलो उमेरमाज्यानगुमाएकाथिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...