युनियन अध्यक्षमा अनिता बिन्दुको उम्मेदवारी घोषणा

नेपाल प्रेस युनियनको ९औ आसन्न महाधिवेशनको लागि अध्यक्ष पदमा अनिता बिन्दुले उम्मेदवार घोषणा गरेकी छन्  ।पोखरामा बुधबार आयोजित युनियन कास्कीको भेलामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित युनियन कास्की एवं केन्द्रीय तहका नेताहरुलाई साथमा राखेर उनले उम्मेदवारी घोषणा गरेकी हुन् ।

युनियनकी पूर्व उपाध्यक्ष समेत भएकोले अब अध्यक्षको लागि मैदानमा होमिएको बताइन् । उनले कुनै समूह मिले समूहबाट नभए स्वतन्त्र रुपमा आफ्नो उम्मेदवारी रहने बताइन् । दुई दशकदेखि नेपाल टेलिभिजनमा कार्यरत् अनिता बिन्दुको स्थायी घर गण्डकी प्रदेशकै स्याङ्जा हो ।

 

यसैगरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पगेनीले पदाधिकारीमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । हालका केन्द्रीय सदस्य ऋषिकान्त पौडेल र राजबहादुर गुरुङले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरे ।

 

पत्रकार महासंघ कास्की अध्यक्ष समेत रहेकी बिमला भण्डारीले पनि पदाधिकारीमै उम्मेदवारी दिने घोषणा गरेकी छन् ।केन्द्रीय सदस्यका लागि रेम बिक, परशुराम शर्मा लगायतले चाहना व्यक्त गरेका छन् । युनियनको महाधिवेशन आगामी साउन ६ र ७ गते हेटौडामा हुँदैछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...