नि:शुल्क जडिबुटीका बिरुवा वितरण

हाम्रो कास्कीकोट युवा सञ्जालको आयोजनामा पोखरा महानगरपालिका वडा नं २४ मा “एक घर पाँच जडिबुटी” अभियानको उद्घोष गर्दै नि:शुल्क जडिबुटीका बिरुवा वितरण गरिएको छ ।

वडामा रहेका सम्पूर्ण घरमा प्रतिघर कम्तीमा पनि पाँचवटा जडिबुटी रहने लक्ष्य लिइएको अभियानको पहिल चरणमा शनिबार कागती, अमला, हर्रो, बर्रो र तेजपत्ताका जम्मा १४ सय बिरूवाहरू वितरण गरियो । कार्यक्रममा वडाका जनप्रतिनिधि र वडा सचिवको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...