पोखरा, असार २७ गते ।पोखरा महानगरपालिकाकाले चार सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । पोखरा महानगरका मेयर धनराज आचार्य, पोखरा महानगरका उपमेयर मञ्जुदेवी गुरुङले संयुक्त रुपमा बस हस्तान्तरण गर्नुभयो ।
पोखरा महानगरल विद्यालयहरुलाई ५० प्रतिशत अनुदान उपलब्ध गराएको भने विद्यालयहरुले ५० प्रतिशत लगानी गरेर लेखनाथका चार सामुदायिक विद्यालयले स्कुल बस खरिद गरेका हुन् ।
बस हस्तान्तरण गरिएका स्कुलमा जनप्रकाश मा।वि, पोखरा २९,अमरसिद्व नमुना मा।वि पोखरा ३१, त्रिभुवन शान्ति नमुना मा.वि पोखरा ३०,बम्हरुपा मा.वि पोखरा ३२ रहेका छन ।सरकारी विद्यालयमा विद्यार्थीलाई आकर्षित गर्न बस सञ्चालन गरिएको हो । सरकारीमा विद्यार्थी संख्या घटदै गएपछि उनीहलाई आकर्षित गर्न बस सञ्चालन गरिएको हो ।