जीवन सिकाई हो : उपप्रमुख गुरुङ

पोखरा, असार २८ गते ।पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले जीवन सिकाई भएको बताउदै यो निरन्तर चलिरहने बताउनु भएको छ । अपांगता भएका महिला तथा सरोकारवालाका लागि पहुँचयूक्त आघात व्यवस्थापन र मनोपरामर्श सम्वन्धि तालिमको समापन कार्यक्रममा बोल्दै उहाँले सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

सिकेका कुरा व्यवहारमा उतारे मात्रै सिकाइको महत्व हुने बताउनुभयो ।, सिकाई जिवनको सुरुवातदेखि अन्त्यसम्म जारी रहने बताउदै महिलाहरु आर्थिक रुपमा सवल र सक्षम हुनुपर्नेमा जोड दिनुभयो । अपागता भएका ब्यक्तिहरुका लागि पोखरा महानगरले विभिन्न कार्यक्रम सञ्चालन गदै आएको बताउनुभयो । महिलाहरलाई आर्थिक रुपमा सवल र सक्षम बनाउन उपप्रमुखसंग महिला कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले पोखरा महानगरपालिकाका अपाग बालबालिकाहरुलाई विद्यालयसम्म पहुँच पुर्याउन कार्यक्रम सञ्चालन गर्ने गरी योजना ल्याएको बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...