पोखरा, असार ३१ गते । उच्च अदालत पोखरामा दश वर्षयताकै धेरै मद्धा दर्ता भएका छन् । उच्च अदातल पोखराले आज शुक्रबार आर्थिक वर्ष २०७८÷०७९ को कार्य प्रगती सार्वजनीक गदै दश वर्षयताकै धेरै मुद्धा दर्ता भएको जानकारी दिएको हो । १४४२ थान मुद्धा दर्ता हुने अनुमान गरिएपनि त्यो भन्दा बढि मुद्धा दर्ता भएको हो ।

आर्थिक वर्ष २०७८÷०७९ मा १४४२ मुद्धा दर्ता हुने अनुमान गरिएको भएपनि १४८४ दर्ता भएको उच्च अदातल पोखराका रजिष्टार श्रीलाल पौडेलले जानकारी दिनुभयो । त्यस्तै गत वर्षका जिम्मेवारी सरी आएका ९३० थान मुद्धा थप हुदाँ यस आबमा २४१४ मुद्धा कायम भएका थिए । बार्षिक कार्ययोजना अनुसार १६०४ मुद्धा फ्छयौट गर्ने लक्ष्य राखिएकोमा १२४६ थान मात्रै मुद्धाहरु पछ्यौट गरिएको रजिष्टार पौडेलले बताउनुभयो । चालु आवमा फछ्यौट हुन बाँकी मुद्धा ११६८ रहेका छन्। लक्ष्यका हिसाबले उच्च अदालत पोखराले ७७.७८ प्रतिशत मुद्धाहरु फछ्यौट गरेको छ भने यथार्थ फछ्यौटको कुल प्रतिशत ५१.६१ प्रतिशत रहेकोछ ।
उच्च अदातलमा ६ महिनाभित्रका ५३९, ६ महिनादेखि १ वर्षभित्रका ४४६, १ वर्षदेखि १८ महिनाभित्रका ११९, १८ देखि २ वर्षभित्रका ६० र दुई वर्ष नाघेका ४ गरी ११६८ मुद्धा फछ्यौट हुन बाँकी रहेको रजिष्टार पौडेलले बताउनुभयो । चालु आवमा ७९५ निवेदन प्रतिवेशन परेका मध्य ७७८ फछयौट भएको र १७ वटा बाँकी रहेको अदातले जनाएको छ । चालु आवमा सरकारीबादी फौजदारी मुद्धा ६१३, ब्यक्तिबादी फौजदारी मुद्धा १०७, देवानी मुद्धा २९२, क्षेत्राधिकार तर्फका मुद्धा ११८, रीट क्षेत्राधिकार तर्फ ३८ र चालु मुद्धा संख्या गरी ११६८ बाँकी रहेका छन ।