पोखरा, साउन १ गते । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनका कारण देश संकटमा रहेको बताउनुभएको छ । प्रेस चौतारी गण्डकी प्रदेशले पोखरामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले देश संकटको डिलमा तर्फ गैरहेको बताउदै उहाँले गठबन्धन सरकारले आर्थिक सुशासनलाई खलबल्याउने काम गरेको आरोप लगाउनुभयो । उहाँले आर्थिक सुशासन खलबल्याउने र विकासका काम समेत ठप्प पार्ने काम भैरहेको बताउदै गठबन्धन स्वार्थको सौदाबाजी थियो भन्ने प्रष्ट भएको समेत बताउनुभयो ।
त्यस्तै एमाले महासचिव पोखरेलले एमालेमा अझै अवसरबाद र अजाकताबाद कायमै रहेको बताउनु भएको छ। नेकपा एमाले कास्कीले पोखरामा आयोजा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गदै भन्नुभयो, अराजकताबादी र अवसरबाजीहरु पार्टीबाट गए भन्ने थियो तर त्यो कायमै रहेछ भन्ने स्थानीय तहको निर्वाचनबाट पुष्टि भएको छ ।
उहाँले पार्टीभित्रको अन्तुष्टि र अवसरबादको अराजकता निर्वाचनमा देखिएको छ जसको प्रमाण खोज्न सकिदैन् असन्तुष्टिका रुपमा प्रकट भयो । उहाँले नेकपा कालमा बैचारीक काम हुन नसकेको र त्यसको प्रभाव चुनावमा देखिएको बताउनुभयो । विचारधारात्मक काम गरे अवसरबाद अन्त्य हुन्छ उहाँले भन्नुभयो, अवसरबाद अन्त्यका लागि बैचारिक काम हुनुपर्छ ।
उहाँले नेपाली काँग्रेस झार जस्तै भएको बताउदै एमालेले गोडमेड नगरेका कारण बढेको बताउदै भन्नुभयो, हामी निष्क्रिय भए पुग्छ काँग्रेस सक्रिय हुनैपर्दैन । हामी सक्रिय नहुदाँ काँग्रेस रुपी झार बढछ । एमालेका बैचारीक राजनीतिक काम नहुदाँ काँग्रेस बढयो, त्यसैले बैचारीक राजनीतिक काममा जोड दिनुपर्छ ।
अव अबसरबादमाथिको विजय बैचारीक अभियान हो । उहाँले स्थानीय निर्वाचनमा पराजित हुनुको कारण अराजकता भएको बताउनुभयो । हाम्रो अराजकताकै कारण पराजय हो । हामीलाई यसले कमजोर बनायो । उहाँले विपक्षीले मुख्यकार्यकारी पदहरु मेयर र अध्यक्षमा केन्द्रीय गरेको देखियो तर हामीले मुख्य पद रक्षाममा कमजोर देखियो । मुख्यकार्यकारी पद गुमाउनु सफलता हात पर्न नक्नु हो ।