पोखरा, साउन ५ गते । पोखरा महानगरपालिकामा तीन महिनादेखि स्थगित अपांग परिचयपत्र वितरण सुरु भएको छ । स्थानिय तह निर्वाचनसंगै स्थगित परिचयपत्र वितरण बिहिबारदेखि सुरु भएको हो । बैशाखयता महानगरमा अपांग परिचयपत्र वितरण रोक्किएको थियो ।अपांग परिचयपत्र वितरण समन्वय समितिको संयोजक उपप्रमुख हुने व्यवस्था रहेको छ भने अन्य सदस्य मेयरले तोक्ने व्यवस्था रहेको छ ।

परियपत्र वितरण समन्वय समितिले पूर्णता पाएसंगै बिहिबारदेखि परिचयपत्र वितरण सुरु भएको हो । समितिको संयोजकमा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ संयोजक रहनु भएको छ भने कार्यपालिका सदस्य धनकुमारी पोखरेल, शान्ति उदय मावि पोखरा ३३ का प्रधानाध्यापक नारायण गिरी, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्सक डा.शंकर बराल, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि समीक्षा खत्री, अपांगता वडा सञ्जाल वडा नम्वर ८ का अध्यक्ष विष्णु सिग्देल, जीवन पद्धति नेपाल, पोखरा १५ का अध्यक्ष अञ्जना केसी, प्राध्यापक एवं कास्की नेत्रहित संघ अध्यक्ष श्रीकान्त सापकोटा सदस्य चयन हुनुभएको छ । सदस्य चयन हुनुभएको छ । समितिको सदस्य सचिव पोखरामा महानगरपालिका सामाजिक विकास महाशाखाका निर्देशक निर्मला शर्मा रहनुभएको छ ।
उपप्रमुखको संयोजकत्वमा ११ सदस्यीय समिति रहन्छ एक जना सदस्य मनोनित गर्न बाँकी रहेको सामाजिक विकास महाशाखा अधिकृत गीता न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार समितिको पहिलो बैठकले तीन महिनादेखि परिचयपत्र मागका लागि परेका निवेदन धेरै भएकाले भोलि शुक्रबार पनि वितरण गरिएको बताउनुभयो । परिचयपत्र वितरण अव हरेक महिनाको अन्तिम मंगलबार वितरण गर्ने महाशाखाले जनाएको छ ।