पोखरा, साउन ११ गते ।पोखरामा सर्वाधिक राशीको खुल्ला लोकदोहोरी प्रतियोगिता हुने भएको छ । बिहिवारदेखि सुरु हुन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । पोखरा सभाभृहमा हुने प्रतियोगिता १४ गतेसम्म सञ्चालन हुने छ ।
कल्याण शेरचन स्मृति प्रतिष्ठानद्धारा आयोजना गरिएको प्रतियोगीतामा आजसम्म ४६ टिमले सहभागीता जनाउने पक्का भएको कार्यक्रम संयोजक जीवन दाहालले जानकारी दिए । आज सम्म ४६ टिमले दर्ता गरेका छन् भोलि बिहानसम्ममा ५० वटा टिम आउने भनेर नाम टिपाएका भएका पनि ४६ वटा टिमले पक्का गरेको बताए ।
प्रतियोगीताको विजेता समुहले ६ लाख रुपैयाँ नगद पुरस्कार हात पार्नेछ । यसैगरी उपविजेतासमुहले ४ लाख, तृतिय हुन सफल समुहले २ लाख र सान्त्वना हुने समुहले १ लाख रुपैयाँ नगद पुरस्कार हात पार्नेछ । उत्कृष्ट गायक, उत्कृष्ट गायिका र अनुशासित टिमलाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगीताले दोहोरी क्षेत्रमा नयाँ प्रतिभाको आगमन बढाउन सघाउने आयोजकको विश्वास रहेको छ । यस प्रतियोगीतामा निर्णायकको निर्णय मार्फतनै उत्कृष्ट छनोट गरिनेछ ।
निर्णायक संयोजकको जिम्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीलाई दिइएको छ । संयोजक बिजी सहितको टिम पोखरा आइसकेको छ । प्रतियोगीताको अवसर पारेर दुई जना श्रष्टालाई सम्मान गर्ने आयोजकले जनाएको छ । सम्मानित हुनेमा नारायण रायमाझीसँगै स्व. योगेन्द्र बहादुर बस्नेत रहेका छन् । बस्नेतलाई मरोणपरान्त सम्मान गर्न लागिएको हो ।यो कार्यक्रमको प्रचारप्रसार गर्नको लागि चर्चित इन्द्रेणी कार्यक्रम समेत जोडिएको छ । इन्दे्रणी कार्यक्रमका प्रस्तोता कृष्ण कँडेल पोखरामा आइसकेका छन् ।
दोहोरी सुन्न दर्शकलाई कुनै शुल्क नलाग्ने आयोजनकले जनाएको छ । प्रतियोगीताको उद्घाटन बिहिबार साढे ११ बजे पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, इन्द्रेणी सांस्कृतिक समाज काठमाडौं र हिमाली सांस्कृतिक परिवार पोखराले सहकार्य गरेको यस प्रतियोगीताको प्रवद्र्धकमा पोखरा महानगरपालिकाले रहेको छ ।