खेलकुद महासघ गोरखाको अधिवेशन भदौमा

पोखरा, साउन १२ गते ।नेपाल खेलकुद महासंघ गोरखा जिल्ला अधिवेन भदौ पहिलो हप्ता हुने भएको छ । गोरखा जिल्ला कमिटीको बुधबार बसेको बैठकले अधिबेशनको मिति तोकेको हो । नेकपा एमाले गोरखा जिल्ला कमिटीको कार्यलयमा एमाले गोरखा जिल्ला कमिटीका पदाधिकारी , नेकोस प्रदेश र जिल्ला कमिटी पदाधिकारीको उपस्थितिमा बैठक सम्पन्न भएको हो। बैठकले अधिबेशन २०७९ भाद्र ४ गते गर्ने निर्णय गरेको हो ।

अधिबेशन सफल पार्नको लागि दिपक अधिकारिको सयोजकत्वमा ९ सदस्यीय मुल ब्यबस्थापन समिति गठन गरेको छ । बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले गोरखा जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङको नेतृत्वको सक्रीयतालेनै संगठन मजबुत बन्ने भन्दै संगठन बिस्तारमा गोरखा पुगेका नेकोस गण्डकी प्रदेशका पदाधिकारीलाई धन्यवाद बेक्त गरे। त्यसैगरि नेपाल खेलकुद महासघ केन्द्रिय कमिटी सदस्य एबम गण्डकी प्रदेश अध्यक्ष बिष्णु पुनले सगठन र अनुयायी बिनाको नेतृत्वको कुनै औचित्य नहुने भन्दै तीब्र गतिका साथ गण्डकी प्रदेश कमिटी सङ्गठन बिस्तारमा लागेको भन्दै जिल्ला कमिटीले पनि मसिनो गरि योजना बनाई सगठन निर्माण र परिचालन गर्न जिल्ला नेतृत्वलाई निर्देशन दिए

 

 

नेकपा एमाले गोरखा जिल्ला कमिटी सचिब काजिराम रोकाले गोरखा जिल्लामा पार्टीको काम ब्यबस्थित गर्ने कार्य भैइसकेको र अब सबै जनसगठनहरुको अधिबेशन गराएर ब्यबस्थित गर्ने बताए बैठकमा नेकोस गण्डकी प्रदेश कमिटी उपाध्यक्ष दिपेन्द्र पौडेल , उपसचिब बोधराज गिरि , सचिवालय सदस्य सत्यराज सापकोटा , नेकपा एमाले पुतलीबजार नगर कमिटी अध्यक्ष भरत गोदार लगायतले मन्तब्य राखेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...