पोखरा । राेट्रयाक्ट क्लब अफ न्युरोड पोखराको १०औं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । रोट्र्याक्ट डिष्ट्रिक्क ३२९२ अन्तर्गत आवद्ध क्लबले १०औं अध्यक्षकोरुपमा रोटा वर्ष २०२२/२३ का लागि उत्सव ढकाल चयन गरेको छ ।
कार्यक्रममा मुख्य अतिथि गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता रोहित राज बाँस्तोलाले आफु पनि रोटरीमा धेरै वर्षबाट लागेको र राेट्रयाक्टमा लागेको मान्छे कुनैपनि कुराले पछि नपरेको कुरा बताए । युवाहरु सामाजिक कार्यमा लिप्त भएर लाग्नु आफैमा राम्रो काम भएको र आउने दिनमा आफ्नो साथ दिने उनले बताए ।
रोटरी क्लब अफ न्युरोड पोखरा रोटा वर्ष २०२२/२३ का अध्यक्ष गीता देवकोटा सिग्देलले क्लबले समाजमा सक्रियता बढाएको देख्दा खुशी लागेको बताइन। उनले आफु रोटरीको अध्यक्ष नहुदा पनि राेट्रयाक्ट न्युरोड पोखरा सदैजसो आफ्नै छोरा छोरी जस्तो लाग्ने बताइन । राेट्रयाक्ट न्युरोड पोखराको सक्रिय र उर्जावान नेतृत्वले भरिएको क्लव जन्माउन पाउँदा आफूहरु निकै गौरवान्वित रहेको र सधैं साथ सहयोग दिने प्रतिवद्धता जनाइन ।
राेट्रयाक्ट क्लब अफ न्युरोड पोखराले ९ कार्यकाल पुरा गरेर हाल आफ्नो १०औं वर्ष सेवामा चलिरहेको छ। र आज ७० जना भन्दा बडी सक्रिय सदस्यहरूको साथमा गर्वकासाथ खडा छ । क्लबमा ५ जना नयाँ सदस्य पनि भित्र्याइएको छ । कार्यक्रमको समापन सत्रमा आफू पदस्थापित भइसकेपछि अध्यक्षढकालले १२ सदस्यसहितको बोर्ड अफ डिरेक्टरहरु चयन गरेकी छन् ।
अध्यक्ष उत्सव ढकालको टिममा : निवर्तमान अध्यक्ष रो सुमन बराल, उपाध्यक्षमा रो संजय शर्मा, सचिवमा रो श्रीनाथ वाग्ले, कोषाध्यक्षमा रो रोशन पौडेल, सहसचिवमा रो क्षितिज तिमिल्सिना, सहकोषाध्यक्षमा रो रोजी छिमल, क्लब एड्मिनिस्ट्रेसन चियरमा रो नबिन सुबेदी, मेम्बरसिप चियरमा रो आशिष पुरी, पब्लिक ईमेज चियरमा रो संकेत तिमिल्सिना, सर्भिस प्रोजेक्ट चियरमा रो बबी छेत्री, रोटरी फाउन्डेसन चियरमा रो निराकार सिग्देल, प्रोफेसनल डेभलपमेन्ट चियरमा रो इशान गिरी, सर्ज-एट-आम्समा रो शिवानी छेत्री छन् भने रो सुनिल पराजुली वर्ष २३\२४ को लागि पनि अध्यक्ष को पदमा छनौट भएका छन् ।