सडक निर्माणमा आर्थिक अभाव हुदैनःमन्त्री बराल

पोखरा, साउन २५ गते ।गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बरालजीवनले पोखरा २२ मानिर्माण हुनलागेको नेटा लुकुन्स्वाँरा–वडा देखि पुम्दीकोटसम्म पिच सडक निर्माणमा रकमअभावनहुने बताउनु भएको छ । उक्तपिच सडकको बुधबार शिलन्यास गर्दै मन्त्री बरालले पुम्दीभुम्दीको रणनितीक महत्व रहेको उक्त बाटो निर्माणमा रकमअभावनहुने बताउनु भएको हो ।


उक्त सडक निर्माणको क्रममा सबैले मन खुलेर सहयोग गर्न आग्रहगर्दै मन्त्री बरालले समयमै र गुणस्तरिय सडक निर्माणमा जुट्न आग्रहगर्नु भयो । सडक विस्तारको क्रममाजग्गाउपलब्ध गराउने बिषयमाजसले पहिला केही गुमाउछ प्रतिफलपहिला उसैले हातपार्ने मन्त्री बरालको भनाई थियो ।

समयमै उक्त परियोजना सम्पन्नगर्न सबैको सकरात्मकभूमिआवश्यकभएको मन्त्री बरालको भनाई थियो । पुम्दीकोट बिशालमहादेवको मुर्ति निर्माणले हालपुम्दीभुम्दीको पहिचानभएको उल्लेख गर्दै मन्त्री बरालले अबपोखराको बजार देखि पुम्दीकोटसम्मको पिच सडक निर्माणले पुम्दीभुम्दीको आर्थिक बिकासमाथप टेवापुग्ने विश्वास व्यक्तगर्नुभयो । पोखराको छोरोपाटन खाल्से हुदै कुभिन्डे सडक निर्माण प्रकृया समेत अघि बढेको बताउदै मन्त्री बरालले पोखराको मुख्यबजार देखि नजिकभएर पनि यस क्षेत्रको विकासमा रणनितीक महत्वका सडक निर्माण नहुदा धेरै पछि परेको बताउनु भयो । धेरै कठिनायिका बाबजुतपनि सामुहिकप्रयत्नकाकारण उक्त सडक निर्माण हुने अबस्थामाआएको मन्त्री बरालले बताउनु भयो । इतिहासलाई नर्बिसिनआग्रहगर्दै मन्त्री बरालले रणनितीक महत्वकाकामको नेतृत्वलिने व्यक्तिजनताको मनमासधै रहने दाबी गरे ।

उक्त सडक निर्माणकोा क्रममाजग्गादानगर्नेहरुलाई पोखरा २२ वडा कार्यालयले एक समारोहकाबिचभव्य रुपमा सम्मानगर्ने भएको वडा अध्यक्षहिमलाल बरालले बताउनु भयो । अर्थ मन्त्री बरालकै बिषेश पहलमाउक्त सडक सहितपुम्दीभुम्दीका ठाँउमा सम्बोधनभएको अध्यक्ष बरालले बताउनु भयो । उक्तनिर्माण कम्पनीएम÷एस फेवापिएल जे भि पोखराका प्रेम पहारीले उक्त परियोजनामाकुनै बाधाअबरोध नभएमाआउदो असार भित्रनिर्माण कार्य सम्पन्नगर्ने दाबीगर्नु भयो ।

 

पूर्वाधार विकास कार्यालय कास्कीकाइन्जिनियर हरि थापाले करिब साँढे तीनकिलोमिटर, ८ मिटर चौडाईमाउक्त सडक पिचहुने भएको बताउनु भयो । २०८१ साउन १ गते भित्र सक्ने गरी उक्तनिर्माण कम्पनीले ९ करोड ८८ लाखमानिर्माण गर्ने भएको उहाँले बताउनु भयो । अबको ११ महिनामा नेटा लुकुन्स्वाँरा–पोखरा २२ को वडा देखि पुम्दीकोटसम्म पिच सडक निर्माण गर्ने निर्माण कम्पनीकामिर कुमार राईले जनाए । उक्त सडक निर्माण भएसंगै पुम्दीभुम्दीको विकासमाथप टेवापुग्ने पुम्दीकोट कोट विकास समितिकाअध्यक्षचन्द्रकान्त बरालले बताए । उक्त सडक निर्माणमा आफुहरु कटिवद्ध भएको स्थानियनवराज बरालले जनाए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...