परिणाममुखी काम गर्न गैर सरकारी संस्थाहरुलाइ जिसस प्रमुख पौडेलको निर्देशन

पोखरा ,साउन २५ गते । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले गैरसरकारी संस्थाहरुलाइ परिणाममुखी काम गर्न निर्देशन दिएका छ्न।पौडेलले केही गैरसरकारी संस्थाहरू नाफा कमाउन बढी केन्द्रित हुने गरेको आरोप लाग्ने गरेको भन्दै जनताका आबश्यकतालाइ मध्यनजर राखेर नीति तथा योजना निर्माणमा लाग्न आग्रह गरे ।

प्रमुख पौडेलले सो कुरा जिल्ला समन्वय समितीले कास्कीलाइ कार्यक्षेत्र बनाएर विभिन्न क्षेत्रमा कार्यरत गैर सरकारी संस्थाहरुको लागि आयोजना गरेको दुई दिवसिय समिक्षा बैठकमा बोल्दै उक्त कुरा बताएका हुन।उनले हरेक क्षेत्र पारदर्शिता ,जबाफदेहिता र उत्तरदायित्व बिना सफल नहुने भन्दै जनहितलाइ केन्द्र बिन्दुमा राखेर गरिने काम नै मुल्यांकनको सहि आधार हुने बताए।

सो अबसरमा जिल्ला समन्वय अधिकारी नवराज बरालले हरेक संस्थाहरुलाइ गुनासोरहित काम गर्न आग्रह गरे। बरालले बिद्यमान नीति नियमको पूर्ण पालना सहित जसले जहाँबाट काम गरे पनि जनताका लागि नै हुनु पर्ने बताए।गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष डा। बुद्धि बहादुर थापाले समृद्ध कास्की निर्माणको लागि गैर सरकारी सन्स्थाहरुको मजबुत भुमिका हुने बताए।कास्किका प्रमुख जिल्ला अधिकारी जयनारायण पौडेल ,,गैरसरकारी सस्था महासंघका केन्द्रिय सदस्य बिना सिलवाल ,प्रदेश अध्यक्ष पदम पहारी लगाएतले उद्घाटन सत्रमा शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा ९८ वटा रास्टिय तथा अन्तर्राष्ट्रिय सस्थाको सह्भागिताको सुचीपत्र प्राप्त भएकोमा २७ वटा सस्थाले समिक्षा प्रतिबेदन प्रस्तुति गरेको जिसस कास्कीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...