पोखरा, साउन ३० /गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पुम्दीकोट बिशाल महादेवको मुर्ति गण्डकी प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकसित हुदै गरेको बताउनु भएको छ । यस बर्षको साउन महिनाको अन्तिम सोमबार बोलबमको अवसरमा सोमबार साँझ निकालिएको आरती कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बरालले पुम्दीकोट विशाल महादेवको मुर्ति निर्माण अभियानलाई सफल पार्न सबैको ध्यान केन्द्रित हुनु पर्नेमा जोड दिदै उक्त कुरा बताउनु भएको हो ।

पुम्दीकोट बिशाल महादेवको मुर्ति निर्माण अभियानलाई सफल पार्न अझै धेरै कार्य गर्न बाँकी रहेको बताउदै मन्त्री बरालले पुम्दीकोटले हाल कायम गरेको साखलाई अहिलेकै अबस्थामा कायम राख्न थप चुनौती भएको समेत बताउनुु भयो । पुम्दीकोट हाल धार्मिक पर्यटकीय हिसावले उदाहरणिय गन्तव्यको रुपमा स्थापित हुदै आएको उल्लेख गर्दै मन्त्री बरालले पुम्दीकोटले हाल सामाजिक संजालमा बढी चर्चा पाएको बताउनु भयो । पुम्दीकोट आर्थिक हिसावले सम्पन्न भएको अबस्थामा यसबाट सम्पुर्ण पुम्दीभुम्दी बासिहरु समेत लाभान्वित हुने मन्त्री बरालको भनाई थियो ।
केहीले प्रत्यक्ष रुपमा पुम्दीकोटबाट फाइदा लिए पनि अन्यले अप्रत्यक्ष रुपमा यसबाट फाइदा लिन सकिने उहाँको दाबी थियो । अर्कोको रिस राग नगर्ने सधै सकरात्मक सोच गर्न सुझाव दिदै मन्त्री बरालले आरति गर्नुले सोच्छ मनले सबैलाई सकरात्मक ढंगले हेर्नुपर्नेमा जोड दिनु भयो । पुम्दीकोट परियोजना करिब ५५ प्रतिशत मात्र निर्माण कार्य पुरा भएको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताउनु भयो । पोखरा २२ का वडा अध्यक्ष एवं समितिका उपाध्यक्ष हिमलाल बरालले उक्त परियोजनालाई सफल पार्न यस बर्ष पनि गण्डकी प्रदेश सरकारबाट अर्थ मन्त्री रामजी बरालको पहलमा एक करोड बजेट विनियोजन भएको बताउदै यस अभियानलाई सफल पार्न सबै तहका सरकार र स्थानियको सहयोग जुट्दै आएको बताउनु भयो ।
उक्त कार्यक्रममा राष्ट्रपति कार्यालयका सचिव यादवप्रसाद कोइराला, कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य लगायतको सहभागिता रहेको समितिका सचिव प्रकाश बरालले बताए । यस बर्षको साउन महिनाको अन्तिम सोमबार शिवका भक्तजनहरुको बिहानै देखि अर्घ चढाउन भिड लागेको थियो ।
२०६७ सालमा मन्त्री बरालकै पहलमा शान्ति मन्त्रालयबाट करिब ६० लाखको लागतमा पुम्दीकोट भ्यू टावर निर्माण भएको थियो । उक्त भ्यूटावर निर्माण भएसंगै बिशाल महादेवको मुर्ति निर्माण अभियान सुरु भएको थियो ।